• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

रामपुरमा असल बुहारी, दम्पत्ति सहित उपभोक्तालाई सम्मान

palpasamachar by palpasamachar
June 23, 2023
in शीर्ष समाचार
0
रामपुरमा असल बुहारी, दम्पत्ति सहित उपभोक्तालाई सम्मान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुशीला रेग्मी । पाल्पा
पाल्पाको रामपुरमा असल कर्म गर्ने बुहारी, दम्पत्तिसहित उपभोक्तालाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम, वजेट तर्जुमा सम्बन्धी वडा सभा तथा सम्मान कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । कार्यालयले वडाभित्र रहेका असल बुहारी, असल दम्पत्ति सहित ज्येष्ठ नागरिक समाजसेवी, उत्कृष्ट उपभोक्ता समिति, स्थानीय पञ्जिकाधिकारी, निवर्तमान वडाका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

शुक्रवार असल बुहारी मथुरा घिमिरे, असल दम्पत्ति टुकबहादुर थापा र लेखमाया थापा, ज्येष्ठ नागरिक समाजसेवी भुमबहादुर थापा, उत्कृष्ट बोटेनिमारा देखि कृष्णादेवी सम्मको मोटरबाटो स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष तिलकबहादुर कुमाल, सचिव शिशिर कुमाल, स्थानीय पञ्जिकाधिकारी तारानाथ पोखरेल, निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, निवर्तमान वडा सदस्यहरु भिमबहादुर खड्का, नुरबहादुर थापा, कार्यपालिका सदस्य तथा वडा सदस्य तेजकुमारी गैरे, नगर उपप्रमुख बालकुमारी थापालाई सम्मान पत्र, छाता र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यो कार्यक्रम रामपुरमै वडा नं २ मा पहिलो पटक भएको छ । यस्ता कार्यक्रमले स्थानीयमा उत्साह छाएको छ ।

वडाध्यक्ष कृष्णबहादुर दर्जीको अध्यक्षतामा कार्यक्रम भएको हो । वडाध्यक्ष दर्जीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै उहाँले टोल विकास समितिबाट छनौट भई आएका विभिन्न योजनाहरु सहभागीहरुलाई जानकारी गराउनुभएको छ । वडाको प्राथमिकताको आधारमा टोल विकास समितिमार्फत योजना सङ्कलन गरी ल्याइएको र सो योजनालाई क्रमिक रुपमा वडाको आवश्यक अनुसार काम गर्दै वडाध्यक्ष दर्जी बताउनुभयो ।

मोटरबाटो स्तरोन्नती, खानेपानी मर्मत, कुलो मर्मत, आमा समुहको भवन निर्माण, विपन्न परिवार स्वास्थ्य बिमा, खेलमैदान निर्माण, घरेलु उद्योग आरन व्यवस्थापन, वडा नं २ र ३ जोड्ने निस्दीखोलामा पक्की पुल निर्माण, कालीगण्डकी करिडोरको पक्की पुलमा ड्याम बाँधी निस्दीखोलाको तलाउ निर्माण, घन्सारबारीदेखि घिमिरेटार फाँटसम्म पकेट क्षेत्र, प्रतिक्षालय निर्माण, ठूलोपाखा सामुदायिक वनमा जडीबुटी बिस्तार, वडा नं २ को वडा कार्यालय भवन निर्माण, दलित भवन निर्माण, पशुपालन, मौरीपालन कार्यक्रम, बाँदरकुना पर्यटन प्रवद्र्धन, सेराटोल चौतारी निर्माण, बाल उद्यान निर्माण, विद्यालयको कक्षाकोठा मर्मत, कुमाल सँस्कृती सोरठीनाच सामान खरिद तथा संग्राहालय निर्माण, बेरोजगार युवा सीपमुलक कार्यक्रम लगायतका योजना टोल विकास समितिबाट वडामा आएको वडाध्यक्ष दर्जीले बताउनुभएको छ ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, नेपाली कांग्रेस वडा सभापति देवबहादुर राना, नेकपा एमाले प्रतिनिधि पदमबहादुर कुमाल, स्थानीय पञ्जिकाधिकारी तारानाथ पोखरेल, सरस्वती माविका प्रधानाध्यापक रामचन्द्र पोखरेल, दुर्गादेवी सामाजिक उद्यमी महिला समूह अध्यक्ष विजु घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ल लगायतले वडाका विकास निर्माणका सन्दर्भमा आफ्ना भनाई राख्नुभएको छ । कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो भने न्यायपालिका सदस्य तथा वडा सदस्य तेजकुमारी गैरेले स्वागत गर्नुभएको थियो ।

Previous Post

बगनासकालीको आगामी वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक

Next Post

१३ वर्षे यात्रामा पाल्पा समाचारपत्र

palpasamachar

palpasamachar

Next Post
Home

१३ वर्षे यात्रामा पाल्पा समाचारपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version