तानसेनको नीति तथा कार्यक्रम पारित

0
363

पाल्पा । तानसेन नगरपालिकाको आर्थिक वर्ष २०८०,०८१ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । १३ औ नगरसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो ।नगरसभामा नगरप्रमुखको तर्फबाट उपप्रमुख प्रतिक्षा सिंजालीले वार्षिक नीति तथा कार्यक्रम पेश गर्नभयो । यस वर्ष नगरपालिकाले विभिन्न रचनात्मक कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समेटेको छ । नीति कार्यक्रम र बजेट तालमेल हुने गरि नीति कार्यक्रम बनाएको नगरपालिकाले जनाएको छ ।

आगामी वर्षको नीति कार्यक्रममा वडावडामा सार्वजनिक शौचालय, ग्रीन तानसेन क्लीन तानसेन, साहसिक खेल तथा जीपलाइन सञ्चालनको लागि सम्भाव्यता अध्ययन, उत्कृष्ट पत्रकारिता पुरस्कार, विद्यालय दीवा खाजामा थप ५ रूपैयाँ, जस्ता नयाँ विषयहरू थप गरिएको छ । यस्तै विपद् पूर्वतयारीदेखी, कृषि र पर्यटन क्षेत्रको विकास, स्वरोजगार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानीको उचित प्रबन्ध, फोहोरमैला व्यवस्थापन लगायता विषयहरू समेटिएका छन् ।

उपप्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नगरसदस्य गीता भट्राईले तानसेनको खानेपानी समस्या समाधानका लागी नगरसरकार हस्तक्षेपकारी भुमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नगर सदस्य माधब बस्यालले सामुदायिक शिक्षाको गुणस्तर कायम गर्न सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउने बातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नगरसदस्य अमर रानाले कृषक हितका कार्यक्रम मार्फत अघि बढ्न आग्रह गर्दे ग्रामिण क्षेत्रका वडाहरुलाई आगामी बजेटमा प्राथमिकता दिन अनुरोध गर्नुभयो ।

नगरसदस्य गोमा गैरेले जनप्रतिनिधिहरुको क्षमता बिकास गर्ने कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो । नगरसदस्यहरु रेखा बिष्ट र हरी बहादुर थापाले खानेपानी र फोहोर ब्यवस्थापनको कार्यक्रमलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभयो । नगरसदस्यहरु बिमला बौडेल, कर्णबहादुर रेश्मी, कमल दर्लामी र राधिका थापाले हरेक कामकारवाही जनताले महशुस हुने गरी सम्पन्न गर्न आग्रह गरे । विकास निर्माण र सामाजिक कार्यहरुलाई वडा तहदेखि नै प्रभावकारी रुपमा सम्पन्न गर्न सवै एक ठाउमा उभिनुको विकल्प नभएकोमा बताएका थिए । सभा आइतवार पनि बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here