बगनासकालीमा वन क्षेत्रका सरोकारवालाहरुको वार्षिक भेला सम्पन्न

0
402

पाल्पा । समृद्धिका लागि वन परियोजना अन्तर्गत वगनासकाली गाउँ पालिकाको वन क्षेत्रका सरोकारवालाहरुको वार्षिक भेला बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ ।

वगनासकाली गाउँ पालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारिहरुको भेलामा सहभागिता रहेको थियो । कार्यक्रममा बगनासकाली गाउँ पालिकाका वन प्राबिधिक सागर बस्यालले सहजीकरण गर्दै वनको दिगो ब्यवस्थापन ,फाइदाहरू बृद्धि गर्ने साथै जलवायु परिवर्तनका असरहरू न्युनिकरण गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले वन ऐन २०७६ मा उल्लेख भएका नितिगत व्यवस्था,दफा ४९ मा तोकियका कसुरका बारेमा जानकारी गराउनुभएको थियो । बगनासकाली गाउँ पालिका भित्र रहेका ३५ वटा समुदायिक वन मध्ये २ वटा सामुदायिक वन मात्र सक्रिय रहेको जानकारी गराइएको थियो ।

सहभागीहरुले कर्यालयले चासो कमि दिएको कारण ढलापडा रुखहरू, खयरको काठ निकासामा समस्या, नीजि जग्गामा भएका काठ प्रयोग गर्न नपाइने जस्ता जिज्ञासाहरु राखेका थिए । साथै कार्ययोजना पुर्नलेखनमा समस्या रहेको समेत गुनासो सहभागीहरुको रहेको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत उपेन्द्र अर्यालले सहभागीले राखेका जिज्ञासा र गुनासा माथि प्रकाश पार्दै वगनासकाली गाउँ पालिकामा यस आर्थिक बर्षमा दस हजार तेजपातका बिरुवाहरु डिभिजन वन कार्यलयले उपलब्ध गराउने बताउनुभयो ।

कार्ययोजना नविकरण गर्न बाँकी सामुदायिक वनहरुले झाडी सफाई जस्ता सानातिना कार्य भेलाको निणयबाट गर्न सकिने उहाँले बताउनुभयो । उहाँले सामुदायिक वनहरु सँगै बसि कार्ययोजाना वनाई कार्य गर्ने बताउनुभयो । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले सामुदायिक वनहरुले उपभोक्तहरुको आर्थिक बृद्धि हुने खालका योजनाहरु बनाई अगाडि लैजान आग्रह गर्नुभयो । साथै उहाँले वर्षात्को समय भएको हँुदा आयमुलक वृक्षारोपण गर्न समेत आग्रह गर्नुभयो । बगनासकाली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शेर बहादुर चिदीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन बगनासकाली गाउँपालिकाका समृद्धिका लागि वन कार्यक्रमका फोकल पर्सन नारायण तिमिल्सिनाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here