• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन सम्पादकीय

पाल्पामा ढुंगा माटो निकासीमा सधै शंका

palpasamachar by palpasamachar
June 29, 2023
in सम्पादकीय
0
पाल्पामा ढुंगा माटो निकासीमा सधै शंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पामा ढुंगा माटोको निकासीमा अनियमितता रहेको विषय आज मात्रै होइन पहिलेदेखि नै चर्चा हुन्थ्यो । दैनिक सयौ टिप्परहरुले पाल्पाको सिमेन्ट उद्योगका लागि खानीबाट चुनढुंगा लैजाने गर्छन् । यसबाट फाइदा पाल्पाले खास लिन सकेको छैन । जथाभावी चल्ने टिप्परहरुका कारण जोखिम उस्तै छ । अर्कोतर्फ कमभार बहन क्षमता भएका मोटरबाटोहरू जीर्ण भइरहेका छन् । यसबाट यहा“का स्थानीय तहहरुले उचित राजश्व संकलन पनि गर्न सकेका छैन् । जिल्ला स्तरबाट यस विषयमा धेरै पटक खानी क्षेत्रमै पुगेर अनुगमन पनि हुने गरेको छ । सञ्चारमाध्यममा समाचार पनि आउँछ तर न अनुगमनको प्रतिवेदन बन्छ न त अनुगमन पछि कुनै परिवर्तन नै देखिन्छ ।

पाल्पाको टिप्पर आतंकबारे धेरै कुरा उठ्ने गर्छ । जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख नयाँ आउदैपिच्छे सरोकारवालाहरुले ध्यानाकर्षण पनि गराउँछन् । प्रतिबद्धता पनि व्यक्त हुन्छ तर परिवर्तन केही हुदैन । पटक पटक छलफलमा आउने टाइम कार्ड पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । टिप्परले क्षमताभन्दा बढी लोड बोक्ने क्रम रोकिएको छैन । कुन टिप्परले क्षमता भन्दा बढी लोड बोकेको छ भन्ने मापन गर्ने कुनै उपकरण र संयन्त्र समेत छैन । ट्राफिक प्रहरीले यस्तो संवेदनशील विषयमा खास ध्यान दिँदैन । यसले यहाँको प्रहरी र ट्राफिकिय व्यवस्थापनबारे पनि प्रश्न स्वभाविक रुपमा उठाउँछ ।

खासमा यहाँको ढुंगा माटो निकासीमा चरम लापरवाही छ । हरेक जसो टिप्परले क्षमताभन्दा बढी लोड बोकेर गुडिरहेको प्रष्ट देखिन्छ । तर अनुगमन र कारवाही छैन । कसैले उजुरी गरेमा वा चासो व्यक्त गरेमा मात्रै प्रहरीले देखाउनकै लागि कारवाही गरे जस्तो गरेको पाइन्छ । अघिल्लो साता मात्रै हाम्रो सम्पादकीय टिमले बगनासकाली–१ चिर्तुङधारा जरवादीबाट लु २ ख २७३५ नं. को टिप्परले अत्याधिक लोड सहितको ढुंगा मिश्रित माटो बोकेर जाँदै गरेको बारे प्रहरीलाई जानकारी गराएपछि मात्रै उक्त टिप्परलाई नियन्त्रणमा लिएको थियो । सोही दिन २५ भन्दा बढी टिप्पर सोही ठाउँबाट उत्तिकै लोड सहित रुपन्देही झरेका थिए । तर एउटा पनि टिप्पर जरिवाना वा कारवाहीमा परेनन् । त्यस दिन मात्रै हैन हरेक दिन यसैगरि ढुंगा माटोको निकासी भइरहेको छ । व्यवासायीहरुले खुलेआम राजमार्गका प्रहरीहरुसँगको आर्थिक लेनदेनको विषयलाई उठाउने गरेका छन् ।

यसबारे प्रहरी प्रमुखको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । राजमार्गमा प्रहरी इन्चार्जहरुको बढी आकर्षण देखिनु, एउटै व्यक्ति लामो समयसम्म एकै स्थानमा इन्चार्जको रुपमा रहिरहनु र टाठाबाठाहरुले इन्चार्जको जिम्मेवारी पाउनु लगायतका विषयमा अति नै सम्वेदनशील हुनु आवश्यक छ । नत्र दिनेहरू दिन्छौ भनिरहने र लिएका भनिएकाहरुले लिएका छैनौं भनेर उम्किरहने अवस्था सधै रहिरहन्छ । यसबारे गम्भीर अनुसन्धान र कारवाहीको खाँचो छ ।

पाल्पा समाचारपत्र साप्ताहिक वर्ष १३ अंक २ को सम्पादकीय

Previous Post

बगनासकालीमा पाल्पाका स्थानीय तहमा पहिलो सिभिल प्रयोगशाला स्थापना

Next Post

यान्त्रिकरणको प्रयोग सहित व्यावसायिक कृषि आवश्यक छः सांसद आचार्य

palpasamachar

palpasamachar

Next Post
यान्त्रिकरणको प्रयोग सहित व्यावसायिक कृषि आवश्यक छः सांसद आचार्य

यान्त्रिकरणको प्रयोग सहित व्यावसायिक कृषि आवश्यक छः सांसद आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version