• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

बगनासकाली यम्घाका वडाध्यक्षलाई जरिवाना प्रकरणः अव के हुन्छ ?

palpasamachar by palpasamachar
August 9, 2023
in अन्य, शीर्ष समाचार
0
बगनासकाली यम्घाका वडाध्यक्षलाई जरिवाना प्रकरणः अव के हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । नदीजन्य पदार्थको अवैध चोरी निकासी गरेको आरोप लागेपछि बगनासकाली गाउँपालिका–६ यम्घाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको सर्वत्र चर्चा भएको छ ।

अधिकारीले यम्घा दर्पुकको मचेटाघाटबाट नदीजन्य पदार्थ चोरी निकासी गरेको ठहरसहित लाई २ लाख १० हजार बगनासकाली गाउँपालिकाले जरिवानाको निर्णय गरेको थियो । जरिवाना सम्वन्धी समाचार सञ्चारमाध्यमहरुमा आएपछि सामाजिक सञ्जालमा उहाँको चर्को आलोचना भएको छ ।

वडाध्यक्ष अधिकारीले अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ ट्याक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा राखेको पाइएको थियो । बगनासकाली गाउँपालिकाको २०८० असार ३० गते सम्पन्न गाउँ कार्यपालिका बैठकले ४२ ट्याक्टरको प्रति ट्याक्टर रु ५ हजारका दरले जम्मा २ लाख १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनाको काम वडाध्यक्ष अधिकारीले लिनुभएको थियो । वडाध्यक्षले पारिलेक कन्स्ट्रसनको फर्म लिई आफै दरभाउपत्र पेश गरि काम लिनुभएको थियो । वडाध्यक्ष अधिकारीले उक्त काम पनि समयमा गर्न नसकेपछि सम्वन्धित कार्यालयले पारिलेक कन्स्ट्रसनका प्रोप्राइटर दामोदर गैरेलाई ताकेता गरेको थियो । सो योजनामा पनि अवैध नदीजन्य पदार्थ प्रयोग गरेको भन्दै कन्स्ट्रक्सनका सञ्चालक गैरेलाई १५ ट्याक्टरको प्रति ट्याक्टर ५ हजारका दरले जम्मा ७५ हजार जरिवाना गर्ने निर्णय पालिकाले गरेको थियो । सो रकम निर्माण व्यवसायी गैरेले निर्णय भएको केही दिनमै गाउँपालिकाको खातामा जम्मा गरिसक्नुभएको छ ।

वडाध्यक्ष अधिकारीकै अग्रसरतामा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीय नागरिकहरुले गुनासो गरेका थिए । सो विषयमा गत वैशाख १८ गते गाउँपालिकाले अध्यक्ष चिदीको नेतृत्वमा स्थलगत अनुगमन भएको थियो । प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्यायर कारबाही गर्न पत्र लेखेर निर्देशन गरेको थयो ।

पालिका स्तरीय अनुगमन
नदीजन्य पदार्थको चोरी निकासी भएको गुनासो आएपछि गाउँपालिका अध्यक्ष चिदीसहित जनप्रतिनिधि, कर्मचारी र पत्रकार लगायतले बैशाख १८ गते अनुगमन गरेका थिए । अनुगमनका क्रममा ब्यापक रुपमा ढुंगा गिट्टीको चोरी निकासी गरिएको र ठाउँ ठाउँमा डम्पिङ गरेर राखिएको पाइएको थियो । यसमा जनप्रतिनिधिको सहभागिता रहेको भन्दै कान्तिपुर दैनिक, टेलिभिजन सहित दर्जन बढी राष्ट्रिय तथा पाल्पा समाचारपत्र लगायत स्थानीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन प्रसारण भएको थियो ।

अर्को दिन बैशाख १९ गते जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रहरी प्रमुख हेरम्ब शर्मा, अनुसन्धान कार्यालय पाल्पाका प्रमुख गोपाल पन्थी सहित सरोकारवालाहरुले स्थलगत अनुगमन गरेका थिए ।

के भन्छन् जिल्ला स्तरीय अनुगमन समितिका सहभागीहरूः
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले अनुगमनका क्रममा नदीजन्य पदार्थको चोरी निकासी भएको पाइएको र बैशाख २० गते नै गाउँपालिकालाई चोरी निकासीमा संलग्नहरुको पहिचान गरि आर्थिक ऐन अनुसार कारवाही गर्न पत्राचार गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अनुगमनका क्रममा नदीजन्य पदार्थ चोरी निकासी गरि डम्पिङ गरेर राखिएको पाइएको बताउनुभयो । उहाँले डम्बिङ गरेर राखिएको नदीजन्य पदार्थ बरामद् गर्न र दोषी माथि ऐन बमोजिम कारवाही गर्न गाउँपालिकालाई सुझाव दिएको बताउनुभयो । प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले प्रष्ट रुपमा नदीजन्य पदार्थको चोरी निकासी भएको अनुगमनमा देखिएको बताउनुभयो ।

प्रष्ट छ अडियो
वडाध्यक्ष अधिकारीको उक्त घटनामा संलग्नता पुष्टि हुने टेलिफोन सम्बादको अडियो पाल्पा समाचारपत्रलाई प्राप्त भएको छ । ३ मिनेट ३८ सेकेण्डको अडियो संवादमा स्थानीय युवा दिपक नामका युवाँसगको कुराकानीमा अध्यक्ष अधिकारीले त्यहाँको काम गर्नका लागि ४० ट्रिप बालुवा आफुले ल्याउन भनेको बताएका छन् ।

३ महिनापछि सृजना गरिए ४ फर्जी दावेदार
यो घटना सार्वजनिक भएको ३ महिनापछि ४ जना स्थानीय व्यक्तिहरुलाई फर्जी दावेदारको रुपमा प्रस्तुत गरिएको छ । उनीहरुले गिटी बालुवा आफुहरुको भएको भन्दै बगनासकाली गाउँपालिकामा निवेदन दर्ता गराएका छन् । यसरी दावी गर्ने व्यक्तिहरू उक्त घटनामा कुनै पनि हिसावले संलग्न नभएका रहेको पालिकाले जनाएको छ ।

निर्णय पुनरावलोकन गर्न कांग्रेसको ध्यानाकर्षण
सोमवार कांग्रेस जिल्ला उपसभापति झपेन्द्र गहिरे सहितको टोलीले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई भेट गरि उक्त समस्या स्थानीय तहबाटै समाधानका लागि अनुरोध गरेका छन् । तर पालिकाले भने क्रमागतः विषयको अनुसन्धान गरि उक्त निर्णय गरिएको र निर्णयबारे कुनै छलफल हुन नसक्ने जनाएको छ ।

गाउँपालिका अध्यक्ष चिदीले पालिका स्तरीय र जिल्ला स्तरीय अनुगमन, स्थानीय ब्यक्तिहरुको प्रतिक्रिया र अडियो तथा अन्य पुष्टि हुने प्रमाणहरुको आधारमा उक्त निर्णय गरिएको बताउनुभयो । वडाध्यक्ष अधिकारीले केही दिनअघिसम्म पनि आफ्नो गल्ती स्वीकार गर्दै बचाउका लागि बिभिन्न व्यक्तिहरुलाई भेट गरेको र कार्यपालिका निर्णयपछि जरिवानाको समाचार सार्वजनिक भएपछि स्थलगत रुपमा गिटी बालुवा निकाल्ने नक्कली ब्यक्ति खडा गरि आफू उम्किन खोजेको बताइएको छ ।

३ महिनापछि आयो वडाध्यक्ष अधिकारीको बिज्ञप्ति
वडाध्यक्ष अधिकारीले यो घटना सार्वजनिक भएको ३ महिनापछि बिज्ञप्ति जारी गर्नुभएको छ । साउन १९ गते बिज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले नदिजन्य पदार्थ अपचलन सम्बन्धमा आफुमाथी गरिएको जरिवाना राजनीतिक प्रतिशोध भएको जनाउनुभएको छ ।

अध्यक्ष अधिकारीले आफुलाई गरिएको जरिवानाप्रति खेद प्रकट गर्नुभएको छ । अधिकारीले बैशाख १८ गते गरिएको भनिएको अनुगमनमा वडालाई जानकारी नगराई नियमानुसार ठेक्का लागेको घाटबाट गाउँपालिकाको कानुन बमोजिम राजश्व दाखिला गरि स्थानीय ब्यक्तिहरुले नदिजन्य पदार्थ संकलन गरिएको उक्त बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

राजनीतिक पूर्वाग्रह राखि जनप्रतिनिधि माथि कपोकल्पित आरोप लगाईएको अधिकारीको दावी छ । उहाँले गाउँपालिकाको कार्यपालिका बैठकमा छलफल समेत नगरि निर्णयसमेत पछि लेखाई सफाई दिने मौका समेत नदिई गाउँपालिकाले गरेको प्रचार नियम कानुन सम्मत नभएको बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ । आफुलाई के कति कारण र प्रमाणले जरिवाना गराईएको हो ?

बुझ्न र न्यायका लागि गाउँपालिकामा पुनरावलोकनका लागि निबेदन समेत दर्ता गरेको र उक्त निर्णय उपर छलफल र अनुसन्धान गरि निर्णय बदरका लागि उहाँले माग गर्नुभएको छ । कार्यपालिका बैठकको निर्णय बमोजिम जरिवाना बुझाउन गाउँपालिकाले साउन ५ गते वडाध्यक्ष अधिकारीलाई पत्राचार गरिसकेको छ ।

Previous Post

मिसनमा स्वास्थ्य बीमा स्थगनपछि बीमितहरु मर्कामा

Next Post

पाल्पाली पत्रकार पचभैंया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

palpasamachar

palpasamachar

Next Post
पाल्पाली पत्रकार पचभैंया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पाल्पाली पत्रकार पचभैंया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025

Recent News

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version