बगनासकालीको अघिल्लो वर्षको समीक्षा सम्पन्न

0
340

दयाराज न्यौपाने । पाल्पा
बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ०७९,०८०को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन भएको छ । प्रगति समीक्षा कार्यक्रममा पालिकाका बिषयगत शाखाका प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले पालिकाले गत आर्थिक बर्षमा ५ सय ५ वटा योजनाहरू सफलतापूर्वक सम्पन्न गरेको छ । १ वर्षको अवधिमा ५ किलोमिटर बाटो कालोपत्रे गरेको छ । सामाजिक सुरक्ष भत्ता बितरणलाई वडा तहमा पु¥याइएको, जिल्लामै स्थानीय तहमा पहिलो पटक शिविल प्रयोगशाला संचालन गरिएको बताउनुभयो । गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

कार्यक्रममा आर्थिक प्रशासन शाखाका प्रमुख कोशलराज पौडेलले आर्थिक बर्ष २०७९,०८० मा ७७ लाख आन्तरिक आम्दानी भएको बताउँदै बित्तीय तर्फ ९१.१७ प्रतिशत प्रगति भएको जानकारी गराउनुभयो । कार्यक्रममा पालिका अन्तरगतका सबै बिषयगत शाखाका प्रमुखहरुले आफ्नो शाखा मार्फत अघिल्लो आर्थिक वर्षमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पालिकाले योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भुमिका खेल्ने विश्वास गरिएको छ । कार्यक्रममा अध्यक्ष चिदीले आर्थिक बर्ष ०७९,०८० उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा बनाएको योजना सहित समग्र क्षेत्रको विकास गरिने बताउनुभयो । कर्मचारीहरुको प्रभावकारी सेवा प्रवाहका कारण बित्तिय र भौतिक प्रगति उल्लेखनीय भएको बताउँदै जनप्रतिनिधिले कर्मचारीलाई निरन्तर सहयोग पु¥याउँने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद पाठकले गत बर्षको तुलनामा व्यवस्थित र परिणाम देखिने काम भएको उल्लेख गर्दै आन्तरिक आम्दानीको दायरा बढाउन स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिबिधिहरू अगाडि बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा बगनासकाली पत्रकार समुहका उपाध्यक्ष नेत्र गैरे, कृष्ण भुसाल, यमलाल तिमिल्सिना लगायतले बोल्दै हाम्रो बगनासकाली,राम्रो बगनासकाली बनाउनु सबैको अहम भुमिका हुने कुरामा जोड दिनुभयो । वार्षिक प्रगति समीक्षा बैठकमा वडा अध्यक्षहरु, वडा सदस्यहरु कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा उत्कृष्ट बिद्यार्थी ५ जनालाई नगद ५ हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । भने उत्कृष्ट कर्मचारीको रुपमा ७ जना कर्मचारीहरुलाइ दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here