नदीजन्य पदार्थको निकासीबारे रामपुरमा जिल्ला स्तरीय अनुगमन

0
219

पाल्पा । जिल्ला स्तरीय अनुगमन समितिले रामपुर नगरपालिका क्षेत्रका ढुंगा गिटी निकासी सम्वन्धी अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्ले सहितको टोलीले रामपुर नगरपालिका क्षेत्रका कालीगण्डकी नदीको ढुङ्गा गिट्टी निकासी सम्बन्धी अनुगमन गरेको हो ।

नदीबाट नदिजन्य पदार्थ ढुङ्गा,गिट्टी ,बालुवाको अबैध उत्खनन भएको जनगुनासो बढेपछि अनुगमन समितिले अनुगमन गरेको हो । अनुगमन टोलीले रामपुर नगरपालिका वडा नं. ५ को रामघाट, रामपुर ५ र ६ जोड्ने बहखोला घाट, रामपुर २ र ३ जोड्ने निस्दीखोला घाटहरुमा गिटी बालुवा निकासीको अवस्थाबारे अनुगमन गरेको थियो ।

अनुगमनपछि रामपुर नगरपालिकामा छलफल समेत भएको थियो । समन्वय प्रमुख खनालले रामपुर नगरपालिकामा भएका केही घाटमा मापदण्डा भन्दा बढि नदिजन्य पदार्थ उत्खनन भएको देखिएकोले नियन्त्रण गर्न सुझाव दिनुभयो । रामपुर नगर पालिकाका नगरप्रमुख रमण बहादुर थापाले अबैध रुपमा ढुङ्गा ,गिट्टी , बालुवा लगायत नदिजन्य पदार्थ उत्खनन , निकासी हुन नदिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here