राम्दीमा नयाँ पुल निर्माण कार्य अगाडि बढ्यो

0
424
पाल्पा । पाल्पा र स्याङ्जा जोड्ने राम्दीमा नयाँ डिजाइनमा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत लुम्विनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माण कार्य अगाडि बढेको हो ।
वि.सं २०२८ मा स्टिल ट्रस हुदै राम्दीमा पुल निर्माण सिद्धार्थ राजमार्ग निर्माण भएका बेला बनेको थियो । हाल उक्त पुल जीर्ण भएर दोहोरो आवत–जावतमा रोक लगाइएको छ । दश टनभन्दा धेरै समान बोकेका ट्रकलाई सञ्चालनमा रोक लगाइएको बताइएको छ ।
६ दशकअघि बनेको पुल जीर्ण भएपछि पटक–पटक मर्मत गरिदै आएको थियो । पुरानो पुल नजिकै नया पुल निर्माण सुरू गरिएको हो । नयाँ पुल निर्माणका लागि पुलको आडमा रहेका घर टहरा समेत हटाइएको छ । पुरानो पुल जीर्ण भएकाले राम्दीमा नया पुल निर्माण सुरू भएको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख सूचना अधिकारी तथा इन्जिनियर आशिक रिजालले जानकारी दिनुभयो । उहाका अनुसार आगामी २०८२ असार मसान्तभित्र सक्नेगरी हिम सगरमाथा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको छ ।
पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपिया खर्च लाग्ने पुल आयोजनाले जनाएको छ । पुरानो अवस्थामा रहेको पुल २०२८ सालमा भारत सरकारको सहयोगमा निर्मित सो पूल भारतको वंगालको हावडा पुल जस्तै ब्रिज गुम्वज आकारमा रहेको छ । २०४८ सालमा सामान्य मर्मत भएको सो पूलको उचित संरक्षण तथा मरम्मत संम्भार हुन नसक्दा त्यसबाट कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ  ।  दैनिक ठूला साना गरी ८ सय बढी सवारी साधन ओहोर दोहोर गर्ने पुलको वर्षौ देखि मर्मत सम्हार नभएका कारण जिर्ण भएको छ । २०२८ सालमा तत्कालिन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गर्नुभएको सो पुलको रेखदेखका लागि २०४८ सालसम्म निरन्तर चौकीदार राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here