गेझा क्रिकेट कप सम्पन्न

0
809

पाल्पा । गेझा क्रिकेट क्लव बगनासकाली–५ दर्लमडाँडा गेझाठाटीको आयोजनामा गेझा त्रिकेट कप २०८० सम्पन्न भएको छ । पाल्पा सहित छिमेकी जिल्लाहरुका समेत गरी १६ समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा आयोजक संस्था गेझा क्रिकेट क्लवले प्रथम स्थान हासिल गरेको छ । प्रथम समूहले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै प्रतियोगितामा उपबिजेता अर्थात् द्वितिय स्थान सम्झना युवा क्लव तानसेन नगरपालिका १४ अर्गलीका खेलाडीहरु प्राप्त गरेका छन् । उपबिजेता समूहले २५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा बिजेता, उपबिजेता लगायत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गर्दै बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बगनासकाली आफैमा पनि खेल पर्यटनका लागि राम्रो सम्भावना रहेको गाउँपालिकाको रुपमा रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका लम्सालले खेल क्षेत्रको प्रवर्धनमा बगनासकाली गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् भगवान भण्डारीले खेलाडीहरुले खेलसँगै अनुशासन पनि कायम गर्ने भएकोले खेलका माध्यमहरुबाट युवा खेलाडीहरुमा अनुशासनको बृद्धि गर्न सकिने बताउनुभयो । प्रतियोगिता संयोजक एवम् बगनासकाली गाउँपालिकाका गाउँसभा सदस्य प्रकाश न्यौपानेले खेलाडीहरुले खेलका माध्यमबाट पालिका, जिल्ला र देशलाई चिनाउन सक्ने बताउनुभयो । कार्यक्रममा दिपेन्द्र न्यौपाने र रविन गैरेले सञ्चालकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष जनक न्यौपानेको अध्यक्षतामा चलेको थियो ।

प्रतियोगिता यही माघ १९ गतेदेखि बगनासकाली गाउँपालिका स्थित चिलाङ्दी खेल मैदानमा संचालन गरिएको थियो । खेल सञ्चालनका लागि सहयोग गर्ने सहयोगीहलाई समेत कार्यक्रमको अवसरमा सम्मानपत्रले सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here