• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

रामपुरमा सम्पन्न छैठौँ मेयर कप २०८० को उपाधी वडा नं. ४ लाई

palpasamachar by palpasamachar
February 6, 2024
in शिक्षा, स्वास्थ्य र खेलकुद
0
रामपुरमा सम्पन्न छैठौँ मेयर कप २०८० को उपाधी वडा नं. ४ लाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।

वडा नं. ४ ले फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन तर्फ प्रथम र द्धितिय स्थान , महिला भलिबल तर्फ द्धितिय स्थान हासिल गर्दै ९ अंक प्राप्त गरि रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जिन्त सफल भएको हो । यस संगै वडा नं. ४ ले मेयर कप २०८० को रनिङ्ग शिल्ड प्राप्त गरेको छ ।

रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत शुक्रबार देखि भएको मेयर कप सोमबार सम्पन्न भएको हो । मयेर कप अन्तर्गत फुटबल, पुरुष तथा महिला भलिबल , क्रिकेट, व्याडमिन्टन र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियाृे । फुटबल प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ । रामपुर ७ किसानबारी खेल मैदानमा भएको फाईनल खेलमा वडा नं. ४ लाई २–० गोलले पराजित गर्दै वडा नं. ७ ले उपाधि हात पारेको हो ।

वडा नं. ७ ले पहिलो र दोस्रो हाफमा १÷१ गोल गर्दै वडा नं. ७ ले उपाधी जित्न सफल भएको हो । यस संगै वडा नं. ४ ले उपविजेतामा चित्त बुझाएको छ । तृतिय स्थानका लागि भएको खेलमा वडा नं ९ ले वडा नं. १० लाई २÷१ गोलले वडा नं. १० लाई पाराजित गरेको थियो । फुटबल प्रतियोगितामा प्रथम हुने वडा नं. ७ ले फुटबलको रनिङ्ग शिल्ड कप , कप मेडल र प्रमाण पत्र सहित नगद ५५ हजार रुपैयाँ प्राप्त गरेको छ भने , द्धितिय र तृतिय हुने समुहले नगद ३५ हजार २१ हजार कप ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० ले जित्न सफल भएको छ । दुर्गा मन्दिर टोल विजयपुरमा सम्पन्न भएको फाईनल खेलमा ३–२ सेटले वडा नं. १ लाई पराजित गर्दै वडा नं. १० प्रथम भएको छ । फाईनलमा पराजित भए संगै वडा नं. १ द्धितिय स्थानमा सिमित भएको छ । वडा नं. १ ले वडा नं. ३ लाई र वडा नं. १० ले वडा नं. २ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत वडा नं. २ र वडा नं.३ विच तृतिय स्थानका लागि प्रतिस्पर्धा भएको थियो । खेलमा वडा नं. २ लाई पराजित गर्दै वडा नं. ३ तृतिय भएको छ । यस संगै प्रतियोगितामा प्रथम हुने वडा नं. १० ले भलिबल तर्फको रनिङ्ग शिल्ड , कप , मेडल र प्रमाण पत्र सहित ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्धितिय र तृतिय हुने समुहले क्रमश ३१ हजार र २१ हजार रुपैयाँ सहित रनिङ सिल्ड , कप , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै महिला भलिबल तर्फ प्रथम वडा नं. ६ , द्धितिय वडा नं. ४ र तृतिय वडा नं. १ भएको छ । प्रतियोगिता अन्तर्गत प्रथम हुने वडा नं. ६ ले भलिबलको रनिङ्ग शिल्ड , कप , मेडल र प्रमाण पत्र सहित नगद ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्धितिय र तृतिय हुने समुहले क्रमश २५ हजार र १५ हजार रुपैँया पुरस्कार सहित कप , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

मेयर कप २०८० अन्तर्गतको क्रिकेट प्रतियोगिताको उपाधि वडा नं.८ ले जितेको छ । वडा नं. ५ लाई पराजित गर्दै वडा नं. ८ विजेता बनेको छ भने वडा नं. ५ ले उपविजेतामा चित्त बुझाएको छ । वडा नं. ३ तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुने वडा नं. ८ ले क्रिकेट प्रतियोगिताको रनिङ्ग शिल्ड , कप , मेडल र प्रमाण पत्र सहित नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्धितिय र तृतिय हुने समुहले क्रमश नगद २५ हजार र १५ हजार रुपैयाँ सहित कप , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसैगरी व्याडमिन्टन प्रतियोगितामा प्रथम वडा नं. ४ को बसन्त श्रेष्ठ र समिर रानाको बि समुह , वडा नं. ४ कै दान बहादुर राना र सन्तोष सारुको ए समुह द्धितिय र वडा नं. ६ को टुक बहादुर राना र युवराज कुमालको समुह तृतिय भएको छ । विजयी समुहले क्रमश नगद १० हजार , ५ हजार र २ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।

मेयर कप अन्तर्गत मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भूपू सैनिक राईजिङ ईङ्गिलस बोर्डिङ स्कुलका मनिषा श्रेष्ठ प्रथम , रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरका विविसा घिमिरे द्धितिय र आधारभूत माध्यमिक विद्यालयका अब्दुल खालिद तृतिय भएका छन् । यसैविच मेयर कप अन्तर्गत रामपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम समापनका अवसरमा भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समुह विजयी भएको छ । दुई समुह विच भएको मैत्रीपूर्ण खेलमा २–० गोल अन्तरले कर्मचारीको समुह विजयी भएको हो । यस्तै रामपुर नगरपालिकाका जनप्रतिनिधि र महिला कर्मचारी विच भएको डोरी तान्ने प्रतियोगितामा महिला कर्मचारीको समुह विजयी भएको छ ।

कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा रामपुर नगरपालिका वडा नं.६ बस्ने अण्डर नाईन्टिन राष्टिय महिला भलिबल प्रतियोगिताका खेलाडी अस्मिता घर्ती मगरलाई उपचारार्थ सहयोग गरेको छ । नगरपालिकाले खेलका क्रममा घाइते भएका अस्मिताको उपचारका लागि नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

रामपुर ७ किसानबारी खेल मैदानमा भएको कार्यक्रम समापनका अवसरमा विभिन्न प्रतियोगतामा विजयी समुलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले मानिसको स्वस्थ जिवन मात्र नभई राष्ट्र र समाजको पहिचानको लागि नि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदको विकासको लागि आवश्यक भौतिक संरचना निर्माण संगै खेलाडीको प्रशिक्षणमा समेत नगरले पहल गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य कमलराज भट्टराई, कालीगण्डकी आँखा उपचार केन्द्रका अध्यक्ष भिम विश्व भट्टराईले आफनो भनाई राख्नु भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । समापनको अवसरमा विधागत रुपमा उत्कृष्ट खेलाडी र विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान प्रदान गरिएको थियो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सचिव जमुना रानाले गर्नु भएको थियो ।

 

 

Previous Post

गेझा क्रिकेट कप सम्पन्न

Next Post

अर्सा रोटी बनाएर लाखौ रुपैयाँ आम्दानी

palpasamachar

palpasamachar

Next Post
अर्सा रोटी बनाएर लाखौ रुपैयाँ आम्दानी

अर्सा रोटी बनाएर लाखौ रुपैयाँ आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version