स्थानीय सरकारका लागि मानवअधिकारमुखी पद्धती विषयक कार्यशाला सम्पन्न

0
184

पाल्पा । नेपाल मानवअधिकार आयोगको आयोजना स्थानीय सरकार सबलीकरण अष्ट्रेलियन एड, नेपाल पुर्नस्थापकीय न्याय मञ्चको सहयोगमा स्थानीय सरकारका लागि मानवअधिकारमुखी पद्धती बिषयक २ दिने अभिमुखीकरण कार्यशाला तानसेनमा सम्पन्न भएको छ ।

तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, इन्सेक लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा ट्रिओ रिसर्च एण्ड डेभलप्मेन्ट काठ्माण्डौका बिज्ञ स्रोत ब्यक्ति मधु दवाडीले मानवअधिकारमुखी अवधारणा, स्थानीय तह, विकास र मानवअधिकार लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणको समापन कार्यक्रममा नेपाल मानवअधिकार आयोगका सदस्य मनोज दवाडीले स्थानीय तहका नीति कार्यक्रमहरुलाई कसरी मानवअधिकारमैत्री बनाउन सकिन्छ भन्नका लागि यसप्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले बिकास योजनाहरुलाई समेत मानव अधिकारमैत्री बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।

तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले कार्यशालाबाट आगामीको वर्षमा बजेटमा सम्बोधन गर्ने गरी धेरै विषयहरु सिक्ने मौका मिलेको बताउनुभयो । यसअघि कार्यक्रमको उद्घाटन सत्रमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले मानवअधिकार र सामाजिक न्यायको आवश्यकताबारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा मानवअधिकार आयोग केन्द्रीय कार्यालयका उपसचिव अनिश पौडेल, प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदीले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पुर्नस्थापकीय न्याय मञ्चका निर्देशक राजन केसी र नेपाल बार एसोसिएसनका अध्यक्ष बिनोद कार्की लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here