नेल्टा पाल्पाको जिल्ला सम्मेलन सम्पन्न

0
315
गोपालप्रसाद वश्याल । पाल्पा 
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पा शाखाको आयोजनामा एक दिवसीय सम्मेलन आज महेन्द्रबोधी माध्यमिक विद्यालय, तानसेन पाल्पामा सम्पन्न भएको छ ।
सम्मेलनमा नेल्टा लुम्बिनी प्रदेश शाखाका अध्यक्ष गोपाल प्रसाद वश्यालले अंग्रेजी भाषा शिक्षणमा बहुढाँचामा आधारित शिक्षण विधिको कक्षामा प्रयोग गर्नाले सिकाइस्तरमा सुधार आएको दृष्टान्तसहित कक्षाशिक्षणका क्रममा विविध क्रियाकलापको उपयोग गर्र्दै विद्यार्थीको सिकाइ रुचि र उत्प्रेरणा बढाउनु सन्देशसहितको कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरी नेल्टा पाल्पाका सल्लाहकार एवम् त्रिभुवन क्याम्पस, पाल्पाका उपप्राध्यापक डा. रामनाथ न्यौपानेले विद्यार्थीका वैयक्तिक भिन्नता र शिक्षणसिकाइसम्बन्धी प्रस्तुतिमा वैयक्तिक विविधता भएका विद्याथर््ीका सिकाइ शैली, बहुबौद्धिकता, ब्यक्तित्व, रुचि र प्रबृत्तिअनुसार शिक्षणसिकाइ रणनीतिका उदाहरणसहित प्रस्तुत गर्नुभयो ।
नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालले कक्षाकोठाको गतिशीलतासम्बन्धी प्रस्तुतिमा अन्तरक्रियात्मक र विद्यार्थी सहभागिताकेन्द्रित कक्षा सञ्चालनका समूह ताथ जोडी कार्य लगायत सिकाइ प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्य टोलसरी राईले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।  पाल्पाका विभिन्न पालिकाका २८ जना शिक्षकहरू सहभागी भएको यस कार्यक्रममा प्रदेश शाखामा नवनिर्बाचित अध्यक्ष गोपाल प्रसाद वश्याल र सदस्य टोलसरी राईलाई पाल्पा शाखाको तर्फबाट बधाई ज्ञापन तथा मायाको चिनो गरिएको थियो ।
कार्यक्रममा काठमाडौमा फागुन ५, ६ र ७ गते हुने २८औं अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा जानकारी गराइएको थियो । कार्यक्रम नेल्टा पाल्पा शाखाका अध्यक्ष कमलराज बस्यालको अध्यक्षता, कार्य समिति सदस्य खगेन्द्र बस्यालको स्वागत र सचिव लोकेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here