प्रेस चौतारी पाल्पाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

0
204

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । रामपुर स्थित राम्चे सामुदायिक वनको सभाहलमा सञ्चालित सभाका प्रमुख अतिथि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवि पत्रकारहरुको साझा संस्थाको रुपमा प्रेस चौतारी सधै उभिएको बताउनुभयो । उहाँले अहिले नेपाल पत्रकार महासंघले गर्न लागेको सदस्यता शुद्धिकरणमा आस्थाका आधारमा सदस्यता हटाउने वा राख्ने चलखेल भएको भन्दै उक्त कार्य मान्य नहुने बताउनुभयो । लामाले महासंघ बिधिसम्मत् नचले देशभर अर्को समानान्तर पत्रकार महासंघ गठन गरिने चेतावनी दिनुभयो ।

कार्यक्रमका बिशिष्टि अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले संचार क्षेत्रले लोकतन्त्र वहालीका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक सामाजिक आन्दोलनमा सञ्चार क्षेत्रको भूमिकाको प्रशंसा गर्नुभयो । चौतारीका प्रदेश महासचिव निरु गौतमले पत्रकार महासंघले पेशा र व्यवसायलाई सुरक्षा दिने भन्दा पनि आस्थाको आधारले हटाउने गरेको आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पत्रकारहरुको सदस्य राख्न नसकेको उल्लेख गर्दै सदस्य नभएपनी समाचार लेख्न पत्रकारहरुको निरन्तरता आवस्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेश संचार परिषदका अध्यक्ष यम गाहा मिलन प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिना, निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेपाली कांग्रेस रामपुर नगरसमिति अध्यक्ष नेत्र भट्टराई, चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र लिगल लगायतले चौतारीले संचारक्षेत्र सहित समग्र विकासमा खेलेको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भएको थियो ।

प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संगठनको काम निरन्तर गरेको बताउदै आगामी दिनमा पत्रकारितालाइ व्यवसायिक बनाउन लागि पर्ने बताउदै आगामी दिनमा पत्रकार कल्याणकारी कोष बनाउने, चौतारी बुलेटिन प्रकाशन गर्ने,घुम्ती बैठकलाई निरन्तरता दिने , वैदेशिक अध्ययन अबलोकन भ्रमण गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रमको संचालन सहसचिव सन्तोष ज्ञवाली र सचिवालय सदस्य विजय बौडेलले गर्नुभएको थियो ।

सभाको बन्दसत्रमा प्रस्तुत सहसचिव सन्तोष ज्ञवालीको सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष नेत्र गैरेद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरिएको थियो । बन्दसत्रका क्रममा आफ्नो धारणा राख्नुहुँदै प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, चौतारीका सचिव प्रदिप आचार्य, चौतारी केन्द्रीय सदस्य मिलन बिश्वकर्माले प्रेस चौतारीले नयाँ पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here