• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

झण्डै बन्द भइसकेको सामुदायिक बिद्यालय अहिले नमूना बन्दैछ

palpasamachar by palpasamachar
May 7, 2024
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
झण्डै बन्द भइसकेको सामुदायिक बिद्यालय अहिले नमूना बन्दैछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । केही वर्ष अघिसम्म जम्मा बिद्यार्थी संख्या ५ मा झरेपछि बिद्यालय बन्द हुने स्थितिमा पुग्यो । स्थानीय युवा समाजसेवी, शिक्षासेवी सबैले छलफल गरे । बिद्यालयलाई कसरी प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ भन्नेबारे प्रसस्त छलफल भयो ।
सबैको सहमतिमा बिद्यालय गाउँलेहरुका लागि पायक पर्ने स्थानमा सार्ने तयारी गरियो । माथागढी गाउँपालिका–१ चिदीपानीको बरपोखरीमा संचालन हुँदै आएको उक्त ज्ञानोदय आधारभूत विद्यालय २०७८ साल साउन ११ गते सोही वडाको एक्लेवरमा स्थानान्तरण गरियो ।
बिद्यालय नयाँ स्थानमा सारेपछि सबै सरोकारवालाहरुको अग्रसरतामा बिद्यालयमा बिद्यार्थी संख्या बढ्न थाले । शिक्षक, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाहरुको संयुक्त पहलकै कारण यो विद्यालय अहिले जिल्लामै नमुना बनेको छ । २०३० सालमा स्थापना भएको उक्त बिद्यालयले हालै स्वर्णमहोत्सव कार्यक्रम समेत गरेको छ ।
अहिले १ सय ७५ जना विद्यार्थी रहेको बिद्यालयका प्रधानाध्यापक बिजयदीप पन्थीले बताउनुभयो । अघिल्लो वर्ष यो बिद्यालयमा १ सय ५३ जना बिद्यार्थी थिए । चालु शैक्षिक सत्रबाट बिद्यालयमा कक्षा ७ को अध्यापन पनि सुरू भएको छ । बिद्यार्थी संख्या बढ्दै गएका छन् ।
अहिले नयाँ भर्नामा कतिपय बिद्यार्थी नीजि स्कुलबाट पनि भर्ना हुन आएको प्रधानाध्यापक पन्थीले बताउनुभयो । हाल यो बिद्यालयमा ४ जना दरबन्दी संघीय अनुदान, पालिका अनुदानमा २ जना, नीजि स्रोतमा २ जना, सिकाई केन्द्रमा १ जना र कार्यालय सहयोगी २ जना कार्यरत छन् । नर्सरीदेखि कक्षा ७ सम्म नै अंग्रेजी माध्यममा पठनपाठन हुदै आएको प्रअ पन्थीले बताउनुभयो ।
बिद्यालयले गुणस्तरीय शिक्षाका अलावा बिद्यालयमा रचनात्मक कार्यक्रमहरू समेत गर्दै आएको छ । हरेक शुक्रवार २ बजेपछि बिद्यालयमा रचनात्मक कार्यक्रम र प्रतियोगिताहरू हुँदै आएको र बिद्यार्थीहरुको पनि सक्रिय सहभागिता रहँदै आएको प्रअ पन्थीले बताउनुभयो ।
एक्लेवरमा माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा अस्थायी कक्षाकोठा व्यवस्थापन गरि अहिले बिद्यालय संचालन गरिएको हो । विद्यालय संचालनका लागि सहकारीले निःशुल्क रुपमा भवन उपलब्ध गराएको थियो । अघिल्लो वर्ष काजु मासा काकिमी ओके बाजेको पहलमा ३७ लाख आर्थिक सहयोगमा ४ कोठे पक्की भवनको निर्माण भएको छ । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ५० लाख रुपैयाँको लागतमा अर्को भवन निर्माण कार्य चलिरहेको र भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँले बिद्यालयमा हालै बालमञ्च गठन गर्ने कार्य सकिएको र बालमञ्च मार्फत बिद्यालयमा बालबालिकासँग सम्वन्धित कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।
माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार पन्थी यो बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा रहनुभएको छ । अध्यक्ष पन्थीले यो बिद्यालयको आजको सफलताको अवस्थासम्म आइपुग्नुमा सबै पक्षको सहयोगको प्रतिफल भएको बताउनुभयो । उहाँले बिद्यालयलाई आगामी दिनमा थप समयसापेक्ष बनाउँदै प्रविधिमैत्री शिक्षा प्रदान गर्दै अगाडि बढाउने योजना रहेको अध्यक्ष पन्थीले बताउनुभयो ।
Previous Post

पाल्पा लायन्समा आगामी वर्षका लागि नयाँ नेतृत्व चयन

Next Post

माथागढी ३ सराई वडाका योजना र कार्यक्रम प्रभावकारी रुपमा चल्दै

palpasamachar

palpasamachar

Next Post
माथागढी ३ सराई वडाका योजना र कार्यक्रम प्रभावकारी रुपमा चल्दै

माथागढी ३ सराई वडाका योजना र कार्यक्रम प्रभावकारी रुपमा चल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

May 13, 2025
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

May 11, 2025
प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

May 11, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version