मातातीर्थ औसीको अवसरमा १९ जना आमाहरुलाई दोसल्ला ओढाएर सम्मान

0
476

पाल्पा । मातातीर्थ औसीको अवसरमा तानसेन १ मेहल्धारामा रहेको सृजनशील टोल विकास संस्थाको आयोजनामा १९ जना आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रमको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो । सम्मानित आमाहरुले यो सम्मानले आफूहरु खुशी भएको बताउनुभयो । संस्थाकी अध्यक्ष सरस्वती शर्मा बस्यालले यो दिवसले सबै आमाहरुको दीर्घ जीवनका लागि भगवानले आर्शिवाद प्रदान गरुनु भन्नुभयो ।

संस्थाकी उपाध्यक्ष भवानी शर्माको स्वागत, सचिव सुस्मिता रेग्मीको संचालन र अध्यक्ष सरस्वती शर्मा बस्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो । कार्यक्रमको अवसरमा भजन कृतन पनि प्रस्तुत गरिनुका साथै नाचगान समेत गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here