प्राध्यापकहरूको क्षमता विकास तालिम सुरू

0
391
गोपालप्रसाद वश्याल । पाल्पा 
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस अनुसन्धान समिति (रिसर्च म्यानेजमेन्ट सेल) को आयोजनामा प्राध्यापकहरूका लागि तीन दिने क्षमता विकास तालिम आजबाट सुरू भएको छ ।
तालिमको उद्घाटन गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले निश्चित योग्यता पूरा गरी प्राध्यापन पेशामा लागेको भए तापनि समसामयिक विषयवस्तु र नवीनतम विधि प्रविधिसँग अद्यावधिक हुनका लागि यो तालिम फलदायी हुने बताउनु भयो । उहाँले यस कार्यक्रमबाट प्राध्यापन र अनुसन्धान कार्यमा सहयोग पुग्ने बताउनुभयो ।
सेलका संयोजक डा. शंकर गैरेको अध्यक्षतामा चलेको उद्घाटन कार्यक्रममा भैरब बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमराज घिमिरे, त्रिभुवन क्याम्पस प्राध्यापक संघका उपसभापति अर्चना शाक्य, कर्मचारी संघका सभापति डुकुलराज घिमिरे, स्ववियु सभापति कृष्ण अर्याल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सेलका सदस्य केशव घिमिरेको स्वागत एवम् अर्का सदस्य डा. रामनाथ न्यौपानेको सञ्चालन रहेको थियो ।
कार्यक्रममा त्रिभुवन क्याम्पसका डा. शंकर गैरे, डा. रामनाथ न्यौपाने, डा. लक्ष्मी प्रसाद सापकोटा, डा. निलम नेपाल, कृष्ण बहादुर जि सि, गोपालप्रसाद वश्याल र राजु पराजुली तथा पृथ्वी नारायण क्याम्पसका डा. पिताम्बर पौड्यालले प्राज्ञिक एवम् अनुसन्धनात्मक लेखन, अनुसन्धनात्मक तथ्यांक विश्लेषण, डिजिटल शिक्षण प्रविधि, शिक्षक आरोग्यता लगायतका विषयमा प्रशिक्षण दिने सेलका सदस्य डा. रामनाथ न्यौपानेले बताउनु भयो ।
क्षमता विकास कार्यक्रमको समापन भएको अर्को दिनदेखि नै तीन दिने प्राज्ञिक तथा अनुसन्धनात्मक लेखनसम्बन्धी तालिम सञ्चालन गर्ने जानकारी सेलका अध्यक्ष डा. शंकर गैरेले दिनुभयो । यी दुवै कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालय, अनुदान आयोग र त्रिभुवन क्याम्पसको सहयोग रहेको डा. गैरेले बताउनुभयो ।
 .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here