पर्यटनको केन्द्र बन्दै रामनदी राम्दी

0
136
पाल्पा । बगनासकाली गाउँपालिकाको वडा नं. ५ राम्दी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । रामनदी राम्दी धार्मिक पर्यटकको केन्द्रको रुपमा रहेको छ ।
उत्तरबाहिनी कालीगण्डकी समेत रहेको रामनदी राम्दी धार्मिक पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्य पनि हो । ऐतिहासिक सुनगुफा सहित दर्जनबढी मठमन्दिरहरुले यहाँको धार्मिक पहिचानलाई झल्काएका छन् ।  राम्दी पुग्ने जो कोहीको पनि मन रमाउ“छ । बाचुञ्जेलको धार्मिक अभियान र मृत्यु संस्कारका लागि पनि राम्दीको उत्तिकै महत्व छ ।
प्रकृतिको गर्भमा लुकेर रहेको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु मध्ये रामनदी धाम अर्थात् राम्दीको आफ्नै बिशिष्ट महत्व छ । त्रेता युगमा भगवान राम सिता आई स्नान गरेको ठाउँ भएकाले यसलाई रामनदी भन्दा भन्दै पछि गएर राम्दी नामाकरण भएको किवंदन्ती पाइन्छ ।
यहाँको कालीगंगाको आफ्नै बिशिष्ट महत्व रहेको पाइन्छ । पवित्र तीर्थस्थल मुक्तिनाथबाट बगेकी । कालीगंगा राम्दीमा उतर वाहिनी भएर बगेकी छन् । यसर्थ पनि यसको महत्व बढी रहेको पाइन्छ । धार्मिक बिद्धानहरुका अनुसार “अन्य क्षेत्र बारबार उत्तर बाहिनी एक बार” अन्यत्र गएर सयौ पटक स्नान गर्नु र यहाँ एक पटक स्नान गर्नुमा एक पटककै महत्व बढी हुन्छ ।
रामनदी धामको एउटा महत्वपूर्ण बिशेषता यहाँको सुगुफा हो । यहाँको  सुनगुफा क्षेत्र मानव निर्मित नभई प्रकृतिको उपहारको रुपमा रहेको छ ।  गुफामा झण्डै १ सय १० वर्षअघिदेखि निरन्तर अखण्ड धुनी बोल्दै आएको छ । यही स्थानमा पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची जिल्लाका किसानहरुले गाई भैसीको दुध ल्याएर चढाउदै आएका छन् । यसरी दुध ल्याएर चढाउदा गाईभैसी निरन्तर ब्याउँछ भन्ने जनबिश्वास रहिआएको छ ।
सिद्ध गुफा सित जोडिएको अर्को ऐतिहासिक किंवदन्ती पनि छ । वि.स. १९६५ सालमा झोलुङगे पुल निर्माणको लागि आएका ठेकेदारले गुफाको तल बगैचामा चुना पकाउन थाले छन् । तर चुना पाकेन यस्तो आश्चर्य भएपछि उनले धामीलाई देखाए । धामीलाई झाक आयो र सिद्ध उत्रिएर भनेछन् म सिद्ध हुँ पहिले मन्दिरसम्म जाने बाटो बनाइदे र तेरो चुना पाक्छ । धामीले भने अनुसार ठेकेदारले गरे त्यसपछि मात्र चुना पाकेछ ।
यहाँ आउने भक्तजन तथा यात्रुहरुलाई मध्य नजर गर्दै मन्दिरको तल कालीनदीको तटमा धर्मशाला निमार्ण भइरहेको छ । यहाँ आवासको व्यवस्था मिलाउनु पर्ने, गुरुकुल शिक्षा, आर्युवेदिक औषधालय सञ्चालान जस्ता नयाँ अभ्यासहरु सुरू गर्ने लक्ष्य समेत छ । सिद्धगुफा जाने बाटोमा राम्दी बजार छ । यहाँ करिब ५ सय मिटर वरपर टम्म मिलेर रहेका साना ठुला घर होटल तथा रेस्टुरेन्टहरू छन् । यो ठाउँ बगनासकाली गाउँपालिकाको दर्लमडाँडा खानीछाप यम्घा र रम्भा गाउपालिकाको पिपलडाँडा सँग जोडिएर रहेको छ भने गण्डकी प्रदेश अन्र्तगत गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गा स“ग जाडिएर रहेको छ । यस लाई चारै तिरबाट अग्ला डा“डाहरुले घेरेको छ ।
यहाँ विभिन्न किसिमका मठ मन्दिर, विद्यालय स्वास्थ्य चौकी, प्रहरी चौकी, दुध सहकारी कृषि उपज र वचत ऋण सहकारी सस्थाहरू युवा क्लव आमा समुह सेवा केन्द्र लगायतका संघस्थाहरू रहेका छन् । पाल्पा र स्याङ्जा लाई जोड्ने नेपालकै राम्रो पुलको रुपमा परिचित सुन्दर पुल रहेको छ । यो शिद्धार्थ राजमार्ग निमार्णको चरणमा वि.स २०२७ सालमा निमार्ण भएको थियो । ९३ मिटर लम्बाइ रहेको उक्त पुलले सबैको मन लाई लोभ्याउने गर्दछ । यो पुल जीर्ण भएपछि अहिले नयाँ पुल निर्माणको कार्य चलिरहेको छ ।  यहाँ हरेक वर्ष हरिवोधनी एकादशी, मकर संक्रान्ति, वैशाखे संक्रान्ति लगायतका दिनहरुमा विशेष मेला लाग्ने गर्दछ । राम्दीलाई सुन्तला बजारको रुपमा पनि चिनिन्छ । राम्दी र राम्दीसँगै रहेको सिद्धबाबा मन्दिर र सिद्धगुफाको उचित प्रचारप्रसार गर्न सके यहाँ थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here