अवको दशक शैक्षिक गुणस्तर अभिबृद्धिको दशक बनाऔंः मन्त्री सारू

0
172

केशवराज नेपाल । पाल्पा
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले अवको दशक शैक्षिक गुणस्तर अभिबृद्धिको दशक बनाउनुपर्ने बताउनुभएको छ ।

तानसेन स्थित जनता माविको ७३ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री सारुले अधिकांश शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार निर्माणमा राज्यको अरबौं लगानी भइसकेकाले अवको दशक शैक्षिक गुणस्तर अभिवृध्दि मार्फत स्वदेश र विश्व बजारको माग आपुर्ति हुने गरी दक्ष र प्रविधियुक्त जनशक्ति उत्पादनका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले तानसेनलाई शैक्षिक हवको रुपमा विकास गर्नु पर्ने बताउनुहुदै लामो शैक्षिक इतिहास भएको यस जनता मध्यमिक विद्यालयले तानसेनलाइ शिक्षा हवको रुपमा अगाडि बढाउन अग्रणी भूमिका खेल्नु पर्ने बताउनुभयो ।

मन्त्री सारुले कुनै पनि शैक्षिक संस्थाको कुरा उठाउंदा त्यसको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्नु आवश्यक हुन्छ भन्नुहुदै देशकै शैक्षिक इतिहासको अध्ययन गर्दा यो जनता विद्यालयको पनि नाम आएको आफुले पाएको बताउनुभयो ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जनता माविको चर्चा केन्द्रमा समेत चल्नु भनेकै यसले दिने नतीजा रहेको बताउनुभयो । उहाँले यहाको व्यवस्थापकीय कुशलता शिक्षकहरुको दक्षता, लगनशीलता, कडा परिश्रमको परिणाम नै हो भन्नुभयो ।

तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीले देशकै सामुदायिक विद्यालयहरुकै तुलनामा जनता माविले गौरवमय इतिहास रचिसकेको बताउनुभयो । तानसेन नगरपालिका वडा नं ३ का वडाअध्यक्ष वावुरत्न शाक्य,पूर्व अध्यक्ष कृष्ण भूषाल,पूर्व प्रअ मेघराज पौडेल, छात्रवृत्तिदाता राजेन्द्र लिगल, अभिभावक अनिल किशोर घिमिेरे लगायतले विद्यालयको आर्थिक,भौतिक,शैक्षिक र प्रशासनिक सुधार गर्दै समय सापेक्ष शिक्षण विधि र प्रविधिको अधिकतम् प्रयोग गरि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यलय सक्षम रहोस भनि शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रधानाध्यापक हरि घिमिरेले ६ करोड २९ लाख ०८ हजार ८९५ बराबरको शैक्षिकआर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रम शिक्षक रविलाल ज्ञवालीको स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पोखरेलको अध्यक्षता र शिक्षक राम प्रसाद ढकालको संचालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here