• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

प्रभावकारी बन्दै रम्भा गाउँपालिकाको बिद्यार्थीसँग करेसाबारी कार्यक्रम

palpasamachar by palpasamachar
April 29, 2025
in कृषि, शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
प्रभावकारी बन्दै रम्भा गाउँपालिकाको बिद्यार्थीसँग करेसाबारी कार्यक्रम
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । सानाहुँगी माध्यमिक बिद्यालय रम्भा–२ फोक्सिङकोटबाट हालै एसइई दिएकी धनीसरा सोमैको करेसाबारीमा अहिले सिमी, बोडी, करेला, काक्रा फलेका छन् । धनीसराको अहिलेको दैनिकी धेरैजसो करेसाबारीको स्याहार सुसारमा बित्छ ।

हुन बिद्यालय जाने आउने गर्दाको समयमा पनि धनीसराले आफ्नो बिहान बेलुकाको केही समय करेसाबारीमै दिनुहुन्थ्यो । आफैले बनाएको करेसाबारी, आफ्नै गाउँपालिकाले दिएको तरकारीका बिउहरू लगाएर उत्पादन गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । बेला बेलामा बिद्यालय र गाउँपालिकाबाट अनुगमनमा आउने ब्यक्तिहरुले समेत धनीसराको कार्यको प्रंशसा गर्नुहुन्छ ।

धनीसरा मात्रै उहाँकी आमा शर्मिला सोमै पनि खुशी हुनुहुन्छ । उहाँले भन्नुभयो–“करेसाबारीबाट ताजा तरकारी खान पाइएको छ, कहिलेकाँहि अलिअलि बेच्न पन पुग्छ ।” उहाँले भन्नुभयो ।

रम्भा गाउँपालिकाले सञ्चालन गरेको विद्यार्थीसँग करेसावारी कार्यक्रमको प्रभाव हो यो । धनीसरा मात्रै हैन गाउँपालिका भित्रका कक्षा ६ देखि १२ सम्मका बिद्यार्थी र अभिभावक यो कार्यक्रमबाट लाभान्वित भएका छन् । यो कार्यक्रमले बिद्यार्थीलाई पढाइसँगै अतिरिक्ति क्रियाकलापमा पनि धेरै सहयोग पुगेको धनीसराको भनाई छ । “अस्तिभर्खर पनि गाउँपालिकाबाट बिद्यालय मार्फत नयाँ बिउहरु दिनुभएको छ । अहिले बारीमा लगाइरहेका छौं ।” उहाँले भन्नुभयो ।

रम्भा गाउँपालिकाको यो अभ्यास जिल्लामै नुमना हो । यसप्रकारको कार्यक्रम पाल्पाका कुनै पनि पालिकामा छैन । गाउँपालिकाले विद्यालयलाई विभिन्न तरकारी बालीहरुको बिउबिजन उपलब्ध गराउँछ र विद्यालय मार्फत विद्यार्थीहरुलाई बिउ वितरण गरिन्छ ।

विद्यार्र्थीहरुले खाली समयको सदुपयोग गर्दै घरमा करेसाबारी तयार गर्छन् र त्यसको अनुगमन विद्यालय र पालिकाले गरि परीक्षाको प्राक्टिल बापतको नम्वर दिइन्छ । चालु आर्थिक वर्षको विद्यार्थीसँग करेसावारी कार्यक्रममा बिनियोजित बजेटबाट गाउपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बिभिन्न ८ प्रकारका तरकारीहरुको बिउबिजन २ चरणमा गरी वितरण गरिएको रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख मिनादेबी आचार्यले बताउनुभयो । २ चरण अन्तरगत फरक फरक मौसममा प्रतिफल दिन सक्ने गरी मौसम अनुसारका तरकारीको बिउ बितरण गरिएको उहाँले बताउनुभयो ।

करेला, घिरौला, सिम्ला, लौका, सिमी, काक्रा, लगायतका तरकारीका बिउहरु बिद्यार्थीलाई उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा बिद्यार्थीसँग करेसाबारी कार्यक्रमका लागि गाउँपालिकाबाट ६ लाख रुपैयाँ बिनियोजन गरिएको र पालिका भित्रका १ हजार ४ सय ५५ जना बिद्यार्थीलाई उक्त रकमबाट बिउ खरिद गरी बितरण गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रम अघिल्लो वर्ष पनि प्रभावकारी रहेको बताउनुभयो ।

यसले एकातिर विद्यार्र्थी र अभिभावकहरुमा श्रमप्रतिको आस्था बढाउँछ भने अर्को पोषिलो तरकारी सहितको खाना सबै बिद्यार्थी अभिभावकले खाने वातावरण बन्ने रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो । उहाँले बिद्यार्थीसँगै अभिभावकले पनि करेसाबारीमा काम गर्ने भएकोले अभिभावक स्वयम् पनि अन्य व्यवसायिक खेतीका लागि प्रेरित हुने बताउनुभयो ।

अध्यक्ष भण्डारीले बिद्यार्र्थीहरुमा पढाईसँगै उद्यमशीलताको मनोविज्ञान बनाउने उद्देश्यले पालिकाले यो कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले अव परीक्षा पछि विद्यार्र्थीहरुले घरघरमा करेसावारी तयार गर्ने र त्यही करेसावारीको अवलोकन गरिसकेपछि आगामी प्रथम त्रैमासिक परीक्षामा विद्यार्थीहरुले प्राक्टिकल नम्वर पाउने बताउनुभयो ।

विद्यार्थीहरुलाई घरमा लगेर नर्सरी राख्ने, तरकारीको बिरुवा लगाउने लगायतको विषयमा कुनै समस्या रहेमा वडा वडामा रहेका कृषि प्राविधिकहरुले सहयोग गर्नेछन् । त्यस्तै बिद्यार्थीहरुलाई कुनै समस्या भएमा वा प्राविधिक सहयोग गर्नुपरेमा कृषि शाखा र कृषि प्राविधिकहरु जतिबेला पनि विद्यार्र्थी र अभिभावकहरुलाई सहयोगका लागि तयार रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यो कार्यक्रम निकै प्रभावकारी रहेको र बिद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्ति क्रियाकलापतर्फ पनि आकर्षित गरेको जनहित भगवती मावि हुमिनका प्रअ खुम बहादुर पौडेलले बताउनुभयो । उहाँले अहिलेका बिद्यार्थीहरुलाई पढाईले मात्रै नुहने, व्यवहारिक र अनुशासित बनाउन अतिरिक्त क्रियाकलापको समेत आवश्यकता रहेकोमा यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

Previous Post

कालीगण्डकी डाइभर्सन हुन दिंदैनौंः थापा

Next Post

बगनासकालीको सुनादीमा होमस्टेको सञ्चालनको तयारी

palpasamachar

palpasamachar

Next Post
बगनासकालीको सुनादीमा  होमस्टेको सञ्चालनको तयारी

बगनासकालीको सुनादीमा होमस्टेको सञ्चालनको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version