आजबाट पाल्पा महोत्सव सुरु हुँदै

0
333

पाल्पा । आजबाट पाल्पा महोत्सव सुरु हुँदैछ । बैशाख २४ गतेसम्म हुने पाल्पा महोत्सवको स्टल निर्माण तथा प्रचारप्रसारको कार्यको पूरा भएको आयोजकले जनाएका छन् ।

उद्योग बाणिज्य संघ पाल्पाको आयोजनामा तानसेन टुडिखेल मैदानमा महोत्सव हुदैछ । महोत्सव प्रचा–प्रसार संयोजक विदुर घिमिरेले अहिले स्टल राख्ने काम सकिएको बताउनुभयो । महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिनेछ ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष शैलेन्द्र भट्टराइले पाल्पाको टुडिखेलमा आयोजना गरिएको महोत्सवमा टिकटकमा उत्कृष्ट हुनेलाइ पुरस्कारको व्यवस्था गरिनुका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने किसिमका कार्यक्रमहरूको आयोजना समेत गरिएको बताउनुभयो । उहाले यो महोत्सवले पाल्पाको कृषि, पशुपालन सहित पर्यटन प्रवर्धनका लागि टेवा पुग्ने बिश्वास लिइएको बताउनुभयो ।

महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३ सय भन्दा बढी स्टल राख्ने गरि तयारी भइरहेको छ । महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । पाल्पा सहित पाल्पा बाहिरका बिभिन्न उद्यमीहरुले महोत्सवमा स्टल बुकिङ गरेका छन् ।

करिव ५ वर्षपछि टृुडिखेल मैदानमा यो महोत्सव हुन लागेको हो । यसअघि तानसेन नगरपालिकाले लगाएको दुबोको संरक्षण हुने महोत्सव संचालनका लागि नगरपालिकाले स्वीकृति दिएको थियो । संघले दुबो संरक्षणका लागि जस्तापाताले बार लगाइसकेको छ ।

महोत्सव शुभारम्भको अवसरमा झाकी ¥यालीको समेत आयोजना गरिएको छ । महोत्सवबाट बचत भएको रकम संघले गोर्खेकोटमा निर्माण गर्दै गरेको बहुउद्देश्यीय भवनका साथै पाल्पाको पर्यटन प्रवर्धनका लागि लगानी गरिने अध्यक्ष भट्टराइले बताउनुभयो । उहाले महोत्सवको सफलताका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here