• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

रिब्दीकोटको वडा वडामा सार्वजनिक सुनुवाई

palpasamachar by palpasamachar
April 27, 2023
in शीर्ष समाचार, स्थानीय समाचार
0
रिब्दीकोटको वडा वडामा सार्वजनिक सुनुवाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । स्थानीय समुदायको जनगुनासो सुन्ने र सम्बोधन गर्ने हेतुले रिब्दीकोट गाउँपालिकाले वडा वडामा सार्वजनिक सुनुवाईको अभ्यास गरेको छ । वडागत रुपमा सार्वजनिक सुनुवाई सकिएपछि पालिका स्तरीय सार्वजनिक सुनुवाई हुने पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । उहाँले पालिकाले गरेको यो अभ्यासबाट गाउँटोलका समस्या पालिकासम्म आउने र आफूलाई समस्या समाधानका लागि सहज हुने भएकोले यो अभ्यास थालिएको बताउनुभयो ।

हालसम्म २ वटा वडामा सार्वजनिक सुनुवाई सकिएको छ । भैरवस्थान र पालुङमैनादीमा सकिएको र अन्य वडाहरुमा पनि क्रमशः हुने पालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले आफू दुई वटै कार्यक्रममा सहभागी भई जनताका समस्या सुन्ने जवाफ दिने मौका पाएको बताउनुभयो । सुनुवाईका क्रममा स्थानीय नागरिकहरुले योजना सम्झौता तथा फरफारक प्रक्रिया अलि झण्झटिलो भएकोले सहज बनाउनुपर्ने, योजना छनौटका क्रममा नगरि नहुने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमै कसरी स्वरोजगार बनाउने भन्नेमा पालिकाको ध्यान जानुपर्ने, योजनाहरुको अनुगमन र निरीक्षण समयमै गर्नुपर्ने लगायतका सुझावहरू प्राप्त भएको उहाँले बताउनुभयो ।

वडा नं. ४ भैरवस्थानमा भएको कार्यक्रममा वडाअध्यक्ष सोमकुमार कार्कीले वडाको हालसम्मको प्रगति अवस्था प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले यसप्रकारको कार्यक्रमले वडाले सम्पन्न गरेका योजनाहरुबारे जनतालाई पनि थाहा हुने र स्थानीय समुदायका समस्याहरू स्थानीय सरकारसम्म राख्नका लागि सहज हुने बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाई नागरिकको सूचनाको हक स्थापित गर्न सहज हुने समेत बताउनुभयो ।

गाउँपालिकाका लेखा अधिकृत मन्जु पन्थीले वडा कार्यालयबाट गरिएका कामको बारेमा जानकारी गराउँदै उपभोक्ताहरूले काम गर्दा आफुलाई परेको समस्याहरू बारेमा बोल्ने गुनासो गर्ने र सुझाव राख्ने ठाउँभनेको सार्वजनिक सुनुवाइ कार्यक्रम भएकाले प्रश्न उठाउने र त्यसको जवाफ दिने लिने ठाउँ पनि सार्वजनिक सुनुवाई भएकोले उपभोक्ताहरूले खुलेर प्रश्न गर्न सक्नुपर्ने बताउनुभयो ।

रिब्दिकोट गाउपालिकाका योजना अधिकृत काशीनाथ आचार्यले उपभोक्ता समितिले योजनाको कामगर्दा लागत अनुमानमा राखिएको इष्टिमेण्ट अनुसारको काम गरे मुल्यांकन गर्दा समस्या नहुने बताउनुभयो । कार्यक्रममा निवर्तमान वडाअध्यक्ष दुर्गाप्रसाद खनाल, पत्रकार नवराज ज्ञवाली,सामाजिक अभियन्ता दुर्गाबहादुर पोखरेल, कुखुरेढाप लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष माधव प्रसाद पोखरेल, महेन्द्र जनता प्रावि प्रधानाध्यापक चन्द्र प्रसाद गौतम,टोल विकास संस्था अध्यक्ष विरेन्द्र मिधुन लगायतले सुझाव सल्लाह राख्नुभएको थियो ।

वडा नं. ७ पालुङमैनादीमा पनि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय दोलख बहादुर कार्की जनक आचार्य योजना,खड्का बहादर थापा, नारायण बहादुर कुवर राम बहादुर कुवर,कृष्ण कुवर कमला लाम्टाङगे शिव कुवर लगायतले प्रश्न तथा सुझाव राख्नुभएको थियो । जिज्ञाशाहरुको जवाफ रिब्दीकोट गाउपालिकाका योजना शाखा प्रमुख काशीनाथ आचार्य, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी पञ्जीकरण सेवा इकाईका सिर्जना नेपाल प्राविधिक मकर गाहाले दिनुभयो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्थानीय सरकारवाट सञ्चालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्वन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्नका लागी यो कार्यक्रम वडामै राखिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिकाले प्रवाह गरेको सेवा, सुविधा सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हुँदा सकारात्मक सल्लाह र सुझावको अपेक्षा गरिएको बताउनुभयो ।

वडा अध्यक्ष दान बहादुर कुँवरले वडामा सञ्चालित योजना र योजनाहरुको अप्रगति अवस्थाबारे स्थानीयलाई जानकारी गराउँदै कार्यक्रममा उठेका जनगुनासा, सल्लाह, सुझावका आधारमा भावी नीति तथा योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Previous Post

आजबाट पाल्पा महोत्सव सुरु हुँदै

Next Post

यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम तथा प्रभाव

palpasamachar

palpasamachar

Next Post
यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम तथा प्रभाव

यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम तथा प्रभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version