spot_img
Home Blog Page 7

मौसममा बदलाव, पाल्पामा पनि ठूलो पानी पर्ने सम्भावना

पाल्पा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा आगामी केही दिन देशका बिभिन्न स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाको बुलेटिनमा उल्लेख भए अनुसार पाल्पामा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण मंगलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

जसले हेर्दा हेर्दै आँखाको दृष्टि गुमाउनुभयो

पाल्पा । पिढीँमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । ४÷५ वटा मसिना दाउरा सगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुई छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाई चुलो छेउमै थियो । छामेरै हातमा लिनुभयो, दाउरा चुलोमा राखेर खोस्मेरा राखी सलाई झ्वारर्र पारेर बाल्नुभयो र आगो सल्काउनुभयो । त्यतिबेला ज्ञानमति धेरै खुशी देखिनुहुन्थ्यो ।

बगनासकाली गाउँपालिका–७ खानीगाउँ मैदानबारीकी ६९ वर्षीया ज्ञानमति खाम्चाको आँखाको ज्योति गुमेको २० वर्ष बढी भइसक्यो । उहाँले यसैगरी छामछुम गरेरै जीवन गुजारा चलाउँदै आउनुभएको छ । एकातिर आँखा नदेख्ने अर्कोतर्फ घरमा एक्लै भएका कारण उहाँले बुढेसकालको जिन्दगी कष्टकर रुपमा बिताउदै आउनुभएको छ ।

ज्ञानमतिका पतिको मृत्यु १५ वर्ष अघि भयो । २ भाई छोरा र २ बहिनी छोरीमध्ये जेठो छोराको १० वर्ष अघि बिरामी भएर निधन भयो । कान्छा छोराले पनि ८ वर्षअघि आत्महत्या गरे । २ छोरीको बिहे भइसकेको थियो । अहिले छोरीहरु आफ्नै घरमा छन् । कहिलेकाँहि माइत आउछन् ।

पति र छोराहरू गुमाउने समयमै उहाँले दुबै आँखा नदेख्ने भइसक्नुभएको थियो । ५५ वर्षअघि बिहे गरेर घर भित्रदा ज्ञानमतिले आँखा प्रष्टसँग देख्नुहुन्थ्यो । छोराछोरी पाउने अवस्थामा पनि उहाँले राम्रोसँग आँखा देख्नुहुन्थ्यो । पछि बिस्तारै आँखा कमजोर हुँदै गयो, गाउँमा लामाधामी गर्न थाल्नुभयो । बिस्तारै उहाँले आँखा देख्न छाड्नुभयो । अझै पनि अस्पताल गएर राम्रोसँग आँखा जचाउन र समस्या पहिल्याउन उहाँले पाउनुभएको छैन ।

ज्ञानमतिको घर भिरालो ठाउँमा छ । पहाडको बस्ती त्यसै पनि अप्ठ्यारो हुने नै भयो । शौचालय घरबाट टाढा छ जान आउन समस्या छ । पानी थाप्न त्यस्तै अप्ठ्यारो । “अरु बेला भन्दा पनि बिरामी हुँदा धेरै समस्या हुन्छ ।” ज्ञानमतिले भन्नुभयो । बुढेसकालको एक्लो जीवन त्यसमा पनि दृष्टिबिहीन भएकोले दैनिकी बिताउन धेरै समस्या भएको ज्ञानमतिले बताउनुभयो ।
ज्ञानमति घरमा एक्लै बस्नुहुन्छ । कहिलेकाँहि नातिनीहरु भेट्न आउँछन्, माइतीका दाजु भाई पनि आइरहन्छन् । घरको सरसफाई देखि खाना पकाउने खाने भाडा माझ्ने लगायतका काम आफै हातले छामेर गर्ने गरेको उहाँले बताउनुभयो ।
बगनासकाली गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गण बहादुर बुढाथोकीले एकातिर दृष्टिबिहीन र अर्कोतर्फ घरमा पनि एक्लै भएकोले ज्ञानमतिको दैनिकी कष्टकर रहेको बताउनुभयो । ज्ञानमतिलाई स्थानीय सरकारको तर्फबाट हुन सक्ने सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो । “बेला बेलामा वडा र स्वास्थ्य चौकीको समन्वयमा घरमै स्वास्थ्य परीक्षण, न्यानो कपडा बितरण गरिएको छ ।” उहाँले भन्नुभयो ।

ज्ञानमति वडा कार्यालय सम्म आउन जान समेत समस्या रहेको र भत्ता लिनका लागि बैंकसम्म जान पनि समस्या भएकोले उहाँलाई सहज रुपमा भत्ता पाउने र नविकरणको कार्य पनि घरमै पुगेर गर्ने गरी वडाले वातावरण मिलाएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
यो समाचार इन्सेक अनलाइनमा प्रकाशित छ ।

 

 

लक्ष्मी सहकारीको २२ औं वार्षिक साधारण सभा

0

पाल्पा । लक्षमी वचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभा उद्घाटन गर्दै सहकारीका अध्यक्ष हरि रायमाझीले सहकारीले सदस्यमैत्री वातावरणमा जोड दिएको जानकारी दिनुभयो । उहाँले सहकारीमा आवद्ध शेयर सदस्यहरूलाई समुदायमा छरिएर रहेको सानो सानो पूँजी संकलन गरी बचत गर्ने बानीको विकास गराउँदै आएको सहकारीले शेयर सदस्यको लागि ५ लाख सम्मको दुर्घटना विमा, जेष्ठ नागरिक सम्मान र असल बचत कर्तालाई सम्मान गर्दै आएको बताउनुभयो ।

निर्वाचन अधिकृत राधेश्याम ज्ञवालीले सरकारको तीन खम्बे अर्थ नीति अनुसार सञ्चालित सहकारीले प्रजातान्त्रिक आचरण, पारदर्शिता र कानून पालना गर्ने प्रतिवद्धतालाई जोड दिनुपर्ने बताउनुभयो । सहकारीको मूल्य, मान्यता र आदर्शलाई अगाडि बढाई जिल्लामा अग्रणी संस्थाको रूपमा अगाडि बढ्न साधारण सभालाई सदस्यले नयाँ कुरा सिक्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।

साधारणमा सभामा बोल्दै समाजसेवी शोभा शाक्यले सहकारीमा स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने जसले गर्दा सहकारी ठगी हुनबाट जोगिने बताउनुभयो । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको संयोजक विमला शाक्य बज्राचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा १५७४ शेयर सदस्यबाट आव २०८०।८१ मा २९ करोड, २२ लाख ६६ हजार १ सय ४६ रुपैंया बचत जम्मा भएकोमा २९ लाख ६६ हजार ३ सय ५१ खुद नाफा भएको जानकारी दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने संस्थाका सदस्य, जेष्ठ नागरिक र संस्थामा आवद्ध कर्मचारीलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष हरि रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओम प्रसाद मलेगोले स्वागत र सचिव उत्तम कुमार बज्राचार्यले सञ्चालन गर्नुभएको थियो ।

 

सार्वजनिक प्राविको नयाँ भवनको शिलन्यास

पाल्पा । तानसेन नगरपालिका वडा न १२ मा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालको नयाँ वन्न लागेको भवनको सिलन्यास गरिएको छ ।

एक कार्यक्रमका विच तानसेन नगरपालिका वडा न १२ का वडा अध्यक्ष मेजरसिह केसी र जापानीज समाजसेवी ओके बाजेले सयुक्त रुपमा नयाँ बन्न लागेको भवनको सिलन्यास गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा न १२ का वडा अध्यक्ष मेजरसिह केसीले विद्यालयलाई आजको अवस्था सम्म ल्याईपुरयाउनको लागि सवैको उत्तिकै साथ रहेको बताउनुभयो । उहाँले जहिले सम्म हामि शिक्षित बन्न सक्दैनौ तव सम्म विकास संभव नहुने बताउदै वडाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । सो अवसरमा जापानीज समाजसेवी ओके बाजेले आफूले सानो सहयोग गरेका तर समुदायले यसलाई उच्च प्राथमिकतामा राखेर समयमै विद्यालय निमार्ण गर्नेमा जोड दिदै आफूले फेरी पनि सहयोग गरिरहने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी सुन्दर प्रसाद श्रेष्ठले ओके बाजेले शिक्षामा गरेको लगानीलाई पाल्पालीहरुले कहिल्यै पनि भुल्न नसक्ने बताउनुभयो । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक तथा सोहि विद्यालयका पूर्व विद्यार्थी कृष्णआलले ओके बाजेको सहयोगमा बन्न लागेको नयाँ विद्यालय भवनले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने विश्वास लिनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रम प्रधानाध्यापक रामकुमारी थापाले चलाउनु भएको थियो । एक कोठे भवन वनाउनको लागि ओके बाजेले तीनलाख नगद प्रदान गर्नुभएको छ ।

 

विद्यालय परिसरमा सचेतना वोर्ड स्थापना

0

पाल्पा । श्री नगर यातायात सेवा कम्पनी प्रालीले तानसेन नगरपालिका वडा न १२ को वौघापोखराथोकको विभिन्न स्थानमा सुरक्षित यात्राको लागि सचेतना वोर्ड राखिएको छ ।

सार्वजनिक प्राथमिक बिधालय तानसेन १२ बौघापोखराथोकको अनुरोध अनुसार सचेतना वोर्ड राखेको हो । एक कार्यक्रमका विच सचेतना वोर्डको सयुक्त रुपमा तानसेन नगरपालिका वडा न १२ का वडा अध्यक्ष मेजर सिह केसी र श्री नगर यातायात सेवा कम्पनी प्रालीका उपाध्यक्ष बासुदेव खड्काले विद्यालय क्षेत्र आसपासमा राख्नुु भएको हो ।

कार्यक्रममा सार्वजनिक प्राथमिक विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय वासिन्दाहरु श्रीनगर यातायात सेवा कम्पनीमा पदाधिकारीहरु तथा कार्यालय प्रमुखको समेत उपस्थिति रहेको थियो ।¬

धारादी स्यानडाँडा पाखा सामुदायिक वनको अधिवेशन सम्पन्न

0

पाल्पा । तानसेन नगरपालिका वडा न १२ मा रहेको धारादी स्यानडाँडा पाखा सामुदायिक वनको ३० वार्षिक साधारण सभा तथा १६ औ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको तानसेन नगरपालिका वडा न १२ का वडाअध्यक्ष मेजरसिह केसीले उद्घाटन गर्नुभयो । सो अवसरमा आफ्नो भनाई राख्दै सामुदायिक बन सवैको भएकोले यसको रेखदेख पनि सवैले गर्नुपर्नेमा जोड दिनुभयो साथै उहाँले बडाको तर्फबाट सामुदायि बनलाई सहयोग गर्न सधै तयार रहेको बताउदै वनले पनि अव आर्थिक उपार्जन गर्ने तर्फका कार्यक्रमहरु समेत ल्याउनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मोहनकन्या माध्यमिक विद्यालयका शिक्षक लिलाबहादुर राना, सामुदायिक बनका पूर्व अध्यक्ष भिम बहादुररास्कोटी,सार्वजनिक प्राथमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपाल लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अवसरमा पाहुनाहरुलाई सामुदायिक बनका उपाध्यक्ष विष्णु आलले कार्यक्रममा आउनु भएका पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो ।सामुदायिक कोषाध्यक्ष रमा नेपालले आम्दानी खर्चको हिसाव किताव सुनाउनु भएको थियो ।

यसैगरी सचिव सुस्मिता खत्रीले बनको प्रतिवेदन सुनाउदै कार्यक्रम चलाउनु भएको थियो ।सामुदायिक बनका अध्यक्ष गोपालसिंह आलेको सभापतित्वमा कार्यक्रम चलेको थियो । सो अवसरमाले उहाँले बनलाई आजको अवस्था सम्म ल्याइपुर्याउन सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको थियो ।

अधिवेशनले रामचन्द्र नेपाललाई अध्यक्षमा चयन गरेको छ । यसैगरी समितिको उपाध्यक्षमा विष्णु आले, सचिवमा सुस्मिता खत्री,सहसचिवमा सविता आले, कोषाध्यक्षमा तलिमाया राना चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा डिलबहादुर रास्कोटी,भरत खत्री, पार्वती विक,बाल कुमारी नेपाली चयन हुनु भएको छ ।

संविधान दिवसमा बगनासकालीमा अन्तरक्रिया

पाल्पा । संविधान दिवस २०८१ को अवसरमा बगनासकालीमा राष्टिय झण्डा अनावरणसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बगनासकाली गाउँपालिकाले वडा नं ९ चापपानीको बगनास डाँडामा ७० फिट उचाइ रहेको पोलमा ५० फिट ठुलो देशकै सबैभन्दा ठुलो राष्ट्रिय झण्डा फहराउदै अन्तरक्रिया कार्यक्रम नयाँ प्रसाशकीय भवनमा आयोजना गरेको छ । बगनासकाली गाउँ पालिकाका अध्यक्ष सरस्वती चिदीले जनप्रतिनिधि , कार्मचारी, पत्रकार र स्थानीय वासिहरुको उपस्थिति मा झण्डा फहराउनु भएको हो । अन्तरक्रिया कार्यक्रममा स्वागत गर्दै प्रवक्ता टीका बहादुर थापाले संविधानको रक्षाका लागि लाग्न सबैलाई आग्रह गर्नुभयो ।

असल अभ्यासलाई असल र खराब तथा वेथिति बिसंगतिलाई खबरदारी गर्ने अधिकार यहि संविधानले दिएको जानकारी गराउदै आबश्यकताका आधारमा जन भावना अनुसार संसोधन गर्दै जान सकिने बिचार पालिका उपाध्यक्ष हरि प्रसाद पाठकले व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सचिव यज्ञमुर्ति तिमिल्सिनाले जन भावना अनुसार संविधान संसोधन गर्नुपर्ने बिचार राख्नुभयो ।

चापपानीका वडा अध्यक्ष ठानेश्वर तिमिल्सिनाले संविधान र संविधानबादका बारेमा प्रस्ट पार्दै वर्तमान संविधान आवश्यकताका आधारमा परिवर्तनशील रहेको बिचार व्यक्त गर्नुभयो । जसपाका खिक बहादुर रेश्मीले जनताका सुझाबहरु समेटी अगाडि बढ्नुपर्ने बताउनुभयो । राप्रपाका कपिल ढुङ्गानाले काम गर्दा ध्यान दिएरमात्र गर्नुपर्ने बिचार राख्नुभयो । नेकपा माओवादी केन्द्रका खुमबहादुर बिकले कार्यान्वयन गर्न बाकी बुँदालाई कार्यान्वयन गर्दै दोषारोपण लाई न्यून गर्नुपर्ने,जन भावनाअनुसार जनदवाब सिर्जना गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले का डेन्जिङ्ग रायमाझीले ले संविधान रक्षाका लागि आ आफ्नो क्षेत्रबाट सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका यमलाल तिमिल्सिनाले बहुलबादमा आधारित यो संविधान संसारकै उत्कृष्ट संविधान भएको बिचार व्यत्त गर्दै बिकेन्द्रिकृत अवस्थालाई प्राजातन्त्रमा स्विकारयोग्य रहेको बिचार व्यक्त गर्नुभयो । कार्यक्रमकै अवसरमा राष्टिय झण्डा निर्माण कम्पनीका प्रतिनिधि निरेन्द्र झेडीलाई सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले राज्य सत्ता जनतामा निहित गरेको हुँदा यसको पुर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीको अध्यक्षता र प्रशासन शाखा प्रमुख सुजन घिमिरेको संचालनमा कार्यक्रम भएको हो ।

बगनास डाँडामा फर्फरायो देशकै ठूलो राष्ट्रिय झण्डा

पाल्पा । बगनासकाली गाउँपालिका–९ बगनास डाँडामा देशकै ठूलो राष्ट्रिय झण्डा अनावरण गरिएको छ ।
बगनासकाली गाउँपालिकाले उक्त झण्डा निर्माण गरेको हो । संविधान दिवसको अवसरमा बिहीवार बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले उक्त भण्डाको अनावरण गर्नुभयो ।

झण्डाको पोल उचाई ७० फिट र झण्डाको उचाई ५० फिट रहेको छ । बगनासडाँडा आफैमा पनि पर्यटकीय गन्तव्यको रुपमा रहेकोले पनि यहाँको पर्यटन प्रवर्धनका लागि ठूलो झण्डाले थप मद्धत पुग्ने अध्यक्ष चिदीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, प्रवक्ता टिका बहादुर थापाले यो झण्डा बगनासकालीको मात्रै नभएर देशकै गौरवको रुपमा रहेको बताउनुभयो ।

पाल्पा अस्पतालको अध्यक्षमा पुनः गुराँस आत्रेय

पाल्पा । पाल्पा अस्पतालको अध्यक्षमा पुनः गुराँस आत्रेय नियुक्त हुनुभएको छ । यसअघि अध्यक्षको रुपमा नियुक्त हुनुभएका आत्रेयले अस्पतालको गु्णस्तर सुधारका लागि पर्याप्त कामको थालनी गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले सोमवार पाल्पा अस्पतालमा अध्यक्षको रुपमा पुनः आत्रेयलाई कामकाज गराउने गरी अस्पताललाई पत्राचार गरेको छ । यसअघि पनि अध्यक्षको रुपमा आत्रेय केही समयमा सम्हाल्नुभएको थियो । राजनीतिक सत्ता परिवर्तनसँगै अध्यक्ष फेरिएको थियो । उक्त विषय अदालतसम्म पुगेको थियो ।

सर्वोच्च अदालतको २०८० मंसिर १९ गते सर्वोच्च अदालतले अल्पकालीन अदालतको आदेशको कार्यान्वयनको लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश बमोजिम २०८१ भदौ ३१ गतेको मन्त्रीस्तरको निर्णयबाट उहाँलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय भएको हो मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

यसअघि अध्यक्षको रुपमा रहँदा आत्रेयले पाल्पा अस्पतालको सेवा प्रवाहमा सुधार, भौतिक पुर्वाधारको विकास लगायतका विषयमा छोटो समयमै राम्रो कामको थालनी गर्नुभएको थियो । सरोकारवालाहरुसँगको छलफल र समन्वयमा उहाँले अस्पतालको सेवा सुधारका लागि योजनाबद्ध कामको थालनी गर्नुभएको थियो ।

 

रम्भामा विद्यार्थीलाई तरकारीको बीउ

गोविन्द भट्टराई
रम्भा गाउँपालिकाले आधारभूत तहदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई तरकारीको बीउ वितरण गरेको छ । १६ वटा विद्यालयका कक्षा ८ देखि १२ सम्म पढ्दै गरेका १४५५ जना विद्यार्थीलाई पोषिलो जातका ८ प्रकारका तरकारीको बीउ उपलब्ध गराइएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
भदौ ३१ गते पालिका परिसरमा आयोजित समारोहमा प्रतिनिधिमूलक रुपमा विद्यार्थी र अन्यलाई विद्यालयका शिक्षकहरू मार्फत् तरकारीका बीउ वितरण शुभारम्भ गर्दै अध्यक्ष भण्डारीले भन्नुभयो–“विद्यार्थीहरूमा श्रमप्रति सम्मान जगाउन साथै करेसाबारीमा तरकारी उत्पादन गरेर ताजा तरकारी खाने बानीको बिकास गर्ने उद्देश्यले रम्भा गाउँपालिकाले केही वर्षयता निरन्तररुपमा विद्यार्थीसँग करेसाबारी कार्यक्रम सञ्चालन गरेको हो ।” भण्डारीले ताजा र अर्गानिक तरकारी उपभोग गर्नसके विभिन्न रोगबाट बँच्नका लागि शरीरलाई पोषिलो तत्व प्राप्त हुने कुरा विद्यार्थीलाई सिकाउँदै किसानको कर्म सम्मानयोग्य बनाउन समेत यो कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।
पालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले चुकन्दर,गाजर, मुला,पालुङ्गो, सिमी, रायो साग, धनियाँ र तने बोडी जस्ता पोषिला तरकारीको बीउ विद्यार्थीलाई वितरण गरी उनीहरूमा स्वास्थ्यका लागि आफै उत्पादन गर्नुपर्छ भन्ने भावनाको विकास गर्न कार्यक्रम सहयोगी बनेको धारणा व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले किशोर किशोरीलाई खेती गर्न उत्प्रेरित गर्नका लागि रम्भा गाउँपालिकाले सुरु गरेको विद्यार्थीसँग करेसाबारी कार्यक्रम निकै उपयोगी रहेको बताउनुभयो ।
अर्यालले आफूहरूले बीउ दिएपछि विभिन्न विद्यार्थीका करेसाबारी अवलोकन गरेको र उत्पादन हुने गरेको जानकारी गराउनुभयो । शिक्षा शाखा प्रमुख मिना आचार्यले राम्रो काम गर्ने विद्यार्थीलाई काम अनुसार अभ्यासको नम्बर दिने गरेको बताउनुभयो । उक्त अवसरमा कृषि अधिकृत प्रभाज्योति गौँडेलले कार्यक्रममा उपस्थित शिक्षक र विद्यार्थीहरूलाई तरकारी खेती गर्ने तरिकाबारे जानकारी गराउँनुभयो ।