spot_img
Home Blog Page 6

दशैं नजिकिदै गर्दा बगनासकालीका वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

पाल्पा । बगनासकाली गाउँपालिकाले दशै नजिकिदै गर्दा वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि लाभग्राहीलाई सहज हुनुका साथै लाभग्राहीहरू खुशी भएका छन् ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाले वडाबाटै बितरण गरिरहेको छ । गाउँपालिकाले नेपाल बैंक र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाट र वडा कार्यालयसम्म पुग्न नसक्ने व्यक्तिहरुलाई घरमै पुगेर भत्ता उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।

बैंकमार्फत भत्ता वितरणले जनताको खर्चमा समेत कमि आएको छ जनताले केही हद सम्म भएपनि सुखद अनुभुति गरेको आफुले पाएको र निरन्तर जनताकै सेवा र काममा लागिपर्ने अध्यक्ष चिदीले बताउनुभयो । “बैंकसम्म जान आउन समस्या, बैंकमा लाइनमा बस्नुपर्ने, सौचालय खानेपानी लगायतको समस्याका कारण लाभग्राहीहरुलाई अप्ठेरो थियो, अहिले सहज भएको छ ।” अध्यक्ष चिदीले भन्नुभयो । बगनासकाली गाउँपालिका—७ दैलातुङ्गका ८५ वर्षीयका गजबिर बोटेले गतसालदेखि भत्ता वडाबाटै बुझ्न पाउँदा सजिलो भएको बताउनुभयो ।

गाउँपालिका बैंक र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, गर्भवती महिला, अपाङ्गता भएका ब्यक्ति लगायतको नयाँ खाता खोल्ने, अद्यावधिक गर्ने लगायतका काम पनि स्थलगत रुपमै हुने गरेको गाउाँपलिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

रामपुर नगरपालिकामा प्लाष्टिकका फूलमाला विक्री वितरण निषेध

पाल्पा, रामपुर नगरपालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै कृषकले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको छ । प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदुषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्ने, स्थानीय कृषक बाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भन्दै प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

नेपालीहरुको महान पर्वहरुको पूर्व सन्ध्यामा एक सूचना जारी गर्दै कृतिम फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको हो । सूचनामा भनिएको छ, “नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संवत छठ पर्व लगाएत विभिन्न महोत्सव तथा अन्य सभा समारोहमा प्लास्टिकजन्य फूलगुच्छा, माला लगाएतका सामग्रीको उत्पादन, आयात, विक्री वितरण र भण्डारण नगर्न नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।” साथै सूचना मार्फत नगर क्षेत्र भित्र उत्पादन भैरहेको सयपत्री, गोदावरी र मखमली लगाएतका फूलहरु एवं सो बाट बनेका मालाहरु मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिनुभयो । दशैं लगतै व्यवसायीहरुले तिहारलाई लक्ष्यित गरी प्लष्टिकका फूल तथा मालाहरु आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले कार्यपालिकाले चाँडै निर्णय गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले कार्यापालिकाको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गरिने बताउनुभयो । प्राकृतिक फूलको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । अनुगमनको क्रममा बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही समेत गर्ने बताउनुभयो ।

नगर प्रमुख रमण बहादुर थापाले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लास्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो । वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताउनुभयो ।

दशै लाग्यो, गाउँघरमा जनश्रमदानद्धारा सरसफाई अभियान

पाल्पा । तानसेन नगरपालिका वडा न १२ को वौघापोखराथोकमा जनश्रमदानबाट सरसफाई गरिएको छ । नेपालीहरुको महान चाड दशैको अवसर पारेर साविकको वडा न १ वौघापोखराथोकमा सरसफाई गरिएको हो ।

स्थानीय वासिन्दाहरुको सक्रियतामा तीन समूह बनाउन सरसफाई गरिएको थियो । एउटा समूहले तिनकुर्मे डहर देखि चेचीकोट दरवार,रनतपाण्डे मन्दिर हुदै चण्डिभन्ज्याङ सम्मको बाटो वरपर सरसफाई गरेको थियो । यसैगरी अर्काे समुहले वडा कार्यालय भवन देखि झेरुवन हुदै धारा सम्म सरसफाई गरेको थियो । त्यसैगरी अर्काे समूहले देउराली चोक देखि कोलडाँडा हुदै थाम्काडाँडा जाने बाटो सम्म सरसफाई गरेका थिए ।

सरसफाई कार्यक्रम विहान १० बजे देखि साझँ ४ बजे सम्म चलेको थियो । सरसफाई कार्यक्रमको नेतृत्व तानसेन नगरपालिका वडा न १२ का वडाअध्यक्ष मेजरसि केसीले गर्नुभएको थियो । बर्षमा एक पटक मात्र सरसफाई गर्ने नभएर आफनो गाउँठाउँ सामुहिक रुपमा महिनामा एक पटक नभए पनि तीन महिनामा एक पटक गर्नुपर्ने वडाअध्यक्ष केसीले बताउनुभयो । श्रमदानमा ६० घर धुरीका वासिन्दाहरुको सहभागिता रहेको थियो ।

आत्मरतिले ल्याएकोे अवरोध, कहिले बुझ्ने हो ?

0

पदम न्यौपाने

हैन हो (पंक्तिकारलाइ सम्वोधन गरिएको नाम) जी नेपालको शिक्षा इतिहासमा पाल्पाको स्थान उच्च स्थानमा छ भनिन्छ तर तपाइको पाल्पामा त्यो शैक्षिक इतिहास, त्यसको गरिमा र वजनको प्रभाव देखिएन किन हो ? जवकी त्यो प्रभाव राष्ट्रिय स्तरमा दमदार देखिन्छ त किन हो ?? मेरो प्रतिप्रश्न वा जिज्ञाशा थियो किन र ? उ मेरो अनन्य मित्र भएकोले खुलेर कुरा हुन्छ । यसर्थ विना हिचकिचाहट उस्ले भन्यो – हेर त पाल्पाको सम्भावनाका वारेमा कुनै अभियानमुखी सोच राखेर अग्रसरता प्रदर्शन गरेको कहिले देखिएन ।

हाल सम्म जिल्लाको विकास कालागि जिम्मेवार बनेका, स्थानीय पालिकाको जिम्मेवारी लिएका र प्रदेशमा प्रतिनिधित्व गर्नेहरु (सवैको नाम लिएर गरिएको टिप्पणी सान्दर्भीक भएपनि यहाँ उल्ल्ोख गर्नु उचित लागेन र गरिएको छैन)को सोच र पहल हेर्दा मलाइ लाग्यो कमजोर छ । हो म पनि यसवारे केही हदसम्म सत्य मान्दछु किनकी राम्रो नराम्रोको भेद वारे स्पष्ट हुन नसकेको र त्यसवाट प्रभावीत मेरो मनका वारेमा अन्य कसैले अन्दाज गर्न भने सक्दैनन् ।

उसको टिप्पणी व्यक्तिगत भएपनि यसमा सान्दर्भीकता चाही छ । यही जिज्ञासाका पृष्ठभूमिमा मेरापनि केही जिज्ञासाहरु उठ्न थालेका छन् । लामो समय सम्म पाल्पा वाहिर बसेर पाल्पाका वारेमा चासो राख्दै आएपनि केही वर्ष अगाडी देखी भने नजिकवाट हेर्न र हेर्नुमात्र नभइ पाल्पाको विकास अभियानमा सक्रियतापूर्वक सहभागिताकालागि पहल गर्न सुरु गरेदेखी यस्ता जिज्ञासा पनि आउन थालेका छन् । यहाँ यो पत्तिंकारको सक्रियतामा उठाइएका दर्जन बढी पहलहरुका सन्दर्भमा प्राप्त रेष्पोन्सका केही उदाहरणका सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयत्न गरिएकोछ ।

पंक्तिकारको मान्यता छ इच्छा शक्ति भए संसारमा असम्भव भन्ने केही हुदैन र छैन पनि । यही मान्यता अनुरुप सामाजिक वा सार्वजनिक जिवन दर्शन पनि बनाएको व्यक्ति हो यो । विशेषगरी पाल्पामा विकासका सन्दर्भमा हुने बहश र त्यसकालागि लिइने वा व्यक्त गरिने चासो र धारणाले भने कहिलेकाही विचलित बनाउने गर्छ । तर पनि प्रतिप्रश्न रहन्छ केही गरांै वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्तावमाथी देखाइने उदाशिनता सुध्रीएर जानेछ त ? मन भन्छ यो सम्भव छ किनकी पाल्पाले आशा, भरोषा र विश्वास गर्दागर्दै निकै लामो समयको मूल्य चुकाउनु परेको पिडा व्यहोरी सकेकोछ ।

टिप्पणीकारले यहाँ उल्लेख गरेका केही प्रतिनिधिमूलक उदाहरण र जिज्ञासाहरुबाट उत्तर खोजीएकोछ की केले, केकालागि र कस्कालागि ? यस्ता सोच विचार र अवधारणा लिएर हिड्न प्रेरित के ले गरिरहेकोछ । विश्वास छ यसको जवाफ कृयाकलापवाट पाउने अपेक्षा गरिएकोछ पनि छ ।

उदाहरण नं. एक 
रानीघाट दरवार या रानीमहल पाल्पाको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र योगदान गर्ने सम्पदा हो । यो दरवार वा महलको परिचय भनेको भौतिक संरचना मात्र होइन । यसको भावनात्मकता , इतिहास र निर्माणकर्ताको व्यक्तिगत वा पारिवारीक जिवनसंग जोडीएको प्रेमिल कल्पना अनुरुपको सांस्कृतिक सम्पदा पनि हो । अहिले त्यहा पुग्नेले यो हेर्न , देख्न र पढन पाएको अवस्था छैन् । यो पत्तिंmकारकै सक्रियतामा यही भावना अनुरुप दरवारको अस्थिपंजरमा प्राण भर्ने स्वयसेवी कार्यकालागि नगरपालिका समक्ष प्रस्ताव गरिएको समयले झण्डै २ वर्ष काटी सकेकोछ । नगरप्रमुख यो प्रस्ताव प्रति सकारत्मक र उत्साही भएपनि हाल सम्म केही प्रगती देख्न र सुन्नमा आएको छैन ।

कारणको खोजी गर्दा जानकारी प्राप्त भयो नगरप्रमुखद्धारा प्रस्तावकको समूहलाइ जिम्म्ोवारी प्रदान गर्ने वारे एउटा वैठकमा राखिएको प्रस्तावमा उहाँकै केही सहयात्रीहरुले असहमती जनाइ आफै गर्न सक्छौं भन्ने निष्कर्ष सुनाइएको थियो रे । तर अहिले सम्म यसवारे कुनै पहल गरेको देखिदैन । यसवाट नगरपालिकाले दरबारको सौन्दर्यता र आकर्षण थप्न पहल गरेको देखिएन, आकर्षण बढ्दा आम्दानीमा पनि उल्लेख्य बढोत्तरी हुने थियो सो समेत गुमायो, महल निर्माणको भित्रि रहश्यको अनुभूति महशुस गर्न पाउने अवसर अवलोकन कर्ताले गुमाएका मात्र होइनन् सो स्थानका वारेमा नयाँ प्रडक्टहरु पनि परिचयमा आउने सम्भावना पनि हुनछ र थियो पनि । तर यो डेढ वर्षको अवधिमा त्यहाँ सो सम्वन्धमा के के गरियो देख्न पाइएको छैन । अनि जिज्ञासा आयो सो प्रस्तावका सन्दर्भमा कस्ले किन र केकालागि र कस्कालागि यसो गरियो ? यो र यस कदम वाट के प्रतिफल प्राप्त भयो ?
नपाले राम्रो अवसर गुमाएको यो एउटा गहकीलो उदाहरण हो ।

उदाहरण नं. दुई 
पर्यटन क्षेत्रमा सम्पदा पर्यटनमा जसरी आकर्षण बढेकोछ त्यसरीनै अर्को आकर्षक क्षेत्र खेल पनि बन्दै गएको छ । पाल्पाको पर्यटनमा ठूलो योगदान र भूमिका निर्वाह गर्ने अर्को यो महत्वपूर्ण क्षेत्रको सम्भावना पनि त्यत्तिकै छ भनेर नै यही पंतिकार लगायतको विशेष चासोमा स्थानीय टुडिखेल मैदानको व्यवस्थापन नीजि क्षेत्रलाइ प्रदान गर्नुपर्छ भन्ने प्रस्ताव नगरपालिका समक्ष गरिएको थियो । टुडिखेल साझा हो , नगर वा वजारको शोभा हो, आमदानीको माध्यम हो । विकासको तश्विर हो । यही आधारमा नगरपालिका समक्ष टुडिखेल व्यवस्थापन प्रस्ताव गरिएको थियो । यो प्रस्तावले टुडिखेलको व्यवस्थापनवाट पाल्पाका अन्य मैदान वा स्थानहरुमा खेल विकास र यही माध्यमवाट पर्यटन प्रवद्र्धनको रणनीतिक लक्ष्य राखिएको थियो ।

टुडिखेलमा विशेषगरी फूटवल खेलकालागि सोही अनुरुपको मैदान तयार पार्ने हिसावले नयाँ घांस रोपण गरिएकोछ । अत्यन्त महगों मानिने यो घांसको निरन्तर रेखदेख ,स्याहार सुसाहार गरिएन भने लगाइनुको औचित्यपुष्टि हुन सक्दैन भनेर नै व्यवस्थापनको जिम्म्ेवारी सन्दर्भमा स्पष्ट हुनुपर्ने भनि नगरपालिका समक्ष प्रस्ताव गरियो — यो मैदानले स्थानीय अर्थतन्त्रमा समेत चलायमान ल्याउने हुनाले तानसेन र सेरोफेरोमा खेल क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान गर्ने निश्चित छ । यसर्थ टुडिखेल व्यवस्थापन रणनीतिबाट प्रदेश स्तरिय खेल मैदान निर्माण ,स्टेयिम निर्माणकोलागि श्रोतको परिचालन गर्न सम्पर्क समन्वय गर्ने गरी नगरपालिकाकै सक्रियतामा खेलकुद क्षेत्रकै संघहरुद्धारा गठीत समूहलाइ एउटा कार्यविधि अनूरुप हस्तान्तरण सम्झौता गर्न अनुरोध गरिएको थियो । नगरप्रमुखको यसप्रतिको सकारात्मक धारणा सुन्नमा आएपछि जिल्ला फूटवल संघ पाल्पाको अगुवाइमा टुडिखेल व्यवस्थापन सहमतिकालागि छलफल प्रकृया अगाडी बढाइयो । तर यो प्रस्तावमा छलफल गर्ने व्यवस्थापन हस्तान्तरण कार्यविधि निर्माणकालागि आयोजित भेलानै असफल बनाइयो र नपा प्रतिनिधि रहेको एउटा आन्तरिक टोलीले नै व्यवस्थापन गर्ने गरी समूह बनाइयो । ततपश्चात यस समूहले के के ग¥यो र गरिरहेको भन्नेवारे सार्वजनिक जानकारी आइसकेको छैन यो समय पनि एक वर्ष भन्दा बढी भैसक्यो । टुडिखेलको हालत अहिले जो कसैले प्रस्टसंग देखिरहेका छन् ।

यो प्रस्तावको उद्धेश्य वारे यहाँ संक्षेपमा जानकारी गराउन जरुरी देखिन्छ । टुडिखेलको व्यवस्थानवाट तानसेनमा निरन्तर विभिन्न विधा र प्रकृतिका प्रतियोगिता आयोजना हुन्थ्यो , पाल्पाका विभिन्न स्थानमा भएका खेल मैदानको उपयोगका पृष्टभूमिमा परियोजना र कार्यक्रम बन्ने थिए । तानसेन वजारमा बढेको आर्थिक शिथिलतामा गतिल्याउने काम गर्दथ्यो । वातावरण र मौसम अनि पहूचका हिसावले पाल्पाले प्राप्त गरेको कम्तीमा प्रदेशस्तरको खेलमैदानकालागि आवश्यक लगानी र आकषर्ण थपिने थियो । त्यति मात्र होइन टूडिखेल र मेहल्धारा विचमा रहेको खोल्साको अधिकतम उपयोग रणनीति तय गरी खेलसम्वद्ध नीति बन्ने थियो र निजिक्षेत्रको लगानी प्रवद्र्धन हुने थियो । तर यो बहसनै हुन पाएन । अनि प्रश्न वा जिज्ञासा आउछ,

यसैगरी पाल्पामा नयाँ खेल पर्यटनको सम्भावना देखाएको विधा विच भलिवल पनि हो । नेपाल पर्यटन वोर्डले समेत सम्भावना देखाएको र स्थानीय नगरपालिका र बगनाश गाउंपालिकाको संयुक्त संकल्प र प्रतिवद्धता रहेको यस वारे चर्चानै गर्न छोडीएको छ । रानीमहल क्षेत्रमा यसका वारेमा सम्भवना भएर नै २ वटा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिएका हुन् । संस्थागत प्रतिवद्धता जनाइएको यो खेलका वारेमा स्थानीय पालिकाका खेलकुद समितिहरुले छलफल चलाएका वा कार्यक्रम वनाएका छन् वा छैनन् सुन्नमा आएको देखिदैन । अनि प्रश्न वा जिज्ञासा आउछ, सो सफल परिक्षण र्भसकेको प्रस्तावका सन्दर्भमा कस्ले वा रोकको छ के ले वा रोकिन्छ के कालागि ? के यसवाट कालीगण्डकी किनार क्षेत्रमा यसको विकास हुने थियो र रानीघाट दरवार परिसरमा नियमिति राष्टिय एवं अन्तराष्टिय प्रतियोगिताकालागि सम्वद्ध खेल पर्यटकहरु आकर्षित हुने थिए । यसवाट नगरपालिका र गाउपालिका नयाँ खेल र यसवाट थपिने आकर्षणवाट बचित हुन पुगेका छन् ।

उदाहरण नं.तीन 
पाल्पाको पर्यटनमा विशेषगरी तानसेनको पर्यटन विकास अवधारणा नीीत र रणनीति कार्यनीति एवं कार्यक्रमको प्रत्यक्ष प्रभाव रहन्छ नै । यो स्विकार गरेपनि नगरेपनि यथार्थ चाही यहीनै हो । तानसेनमा फस्टाउने पर्यटनका आकर्षक विधाहरु इतिहास, संस्कृति , सम्पदा र प्रकृति सम्वद्ध पर्यटनको प्रत्यक्ष प्रभाव समग्र पाल्पामा पर्दछ । यसकारण पनि पाल्पाको पर्यटनको बहस हुदा तानसेनको पर्यटनकावारेमा बढी चर्चा गर्ने गरिएको हुन्छ ।

यही मान्यता र अवधारणा अनुरुप विगतमा तानसेनले पर्यटनकालागि चलाएको चर्चा, गरिएका अध्ययनहरु, निर्माण गरिएका अवधारणा, स्थानीय निती तथा कार्यक्रममा प्राथमिकताको प्रत्यक्ष प्रभाव अपेक्षाकृत हुन नसकेको स्विकार्यतालाइ अव लुकाउनु पर्दैन । किनकी हिजोका पर्यटनका विधा र अहिलेका विधामा धेरै परिष्कृतपना र नयाँ आविश्कार वा पहिचान भएका छन् ।

लुम्विनी प्रदेश सरकारले पनि पाल्पालाइ प्रदेशको एउटा आकर्षक गन्तव्यको सम्भावना देखेर प्राथमिकतामा राखेको छ भने संघिय सरकारद्धारा निकै वर्ष अगाडी देखिनै समयसमयमा चर्चा गर्दै आएको देखिन्छ तर ती दुवै अवसरमा तानसेनले गहिरो बुझाइ , सोही अनुरुपको नीति निर्माण र प्राप्त अवसरको उपयोगमा निरन्तर चुक्दै आएको छ । यो पनि लुकाएर नलुक्ने पक्ष हो ।

उल्ल्ोखित पृष्ठभूमिमा यही पक्तिकारले तानसेन नगरले अव पर्यटन प्रवद्र्धन र विकासकालागि एउटा वेग्लै नीति अवलम्वन गर्ने नयाँ परिचय भएको संस्थाको कल्पना गर्न जरुरी छ भन्ने आशयले पर्यटन वोर्डको गठनकालागि नगरप्रमुख, उपप्रमुख लगायत समक्ष प्रस्ताव गरिएको थियो । यसैवाट तानसेनको नयाँ गन्तव्यहरुको पहिचान, सो अनुरुपको लगानी आकर्षण, सम्वद्ध श्रोतहरुसंगको समन्वय गरी दु्रततर र व्यवस्थित एवं अभियानमुखी पर्यटन प्रवद्र्धनमा जोड दिने गरी नमूना कार्यविधि सहित प्रस्ताव गरिएको् थियो तर यसवारे पनि लामो समय सम्म यसको प्रगति सम्वन्धमा सार्वजनिक जानकारी प्राप्त हुन सकेको देखिदैन । यसवारे नगरप्रमुख सकारात्मक देखिएपनि बहश या प्रकृया अगाडी बढेको देखिदैन आखिर कीन ? के तानसेनको पर्यटनको सम्भावना र गर्नुपर्ने यतिनै हो र ? तानसेनले प्रशस्त अवसरपाएर पनि सदुपयोग गर्न नसकेको । सोच अगाडी बढाउन नसकेको अर्को गतिलो उदाहरण यो पनि हो ।

उल्लेखित यी तीन उदाहरण मात्र काफीछन् तानसेनले गुमाउदै गएका अवसरका वारेमा बुझन ।

यहाँ प्रश्न उठ्छ यस्ता पक्षहरुका वारेमा तानसेन नगर प्रमुखको सोच सकारात्मक देखिन्छ तर सकारात्मक हुदा हुदैपनि किन काम अगाडी बढ्न सक्दैन वा सकेको छैन भन्नेवारे जिज्ञासा भने कायम छ । आशा गर्ने ठाउ छ तर समय घर्किदै गएको हेक्का भने राख्नै पर्दछ ।

यसर्थ यस्ता दर्जनौ प्रस्तावहरु माथी स्थानीय सरकारको सोच र अवधारणा समयमै सार्वजनिक र्गुपर्दछ । । उल्लेखित ३ वटा निराशाजन्य उदाहरणवाट आकलन गर्न सकिन्छ तानसेन र पाल्पाको अर्थतन्त्रमा पर्यटन अर्थतन्त्रको भूमिका प्रष्टिने छ तर नगर प्रमुख यी र यस्ता रचनात्मक प्रस्ताव प्रति उत्साही र सकारात्मक देखिएपनि परिणाम भने आउने गरी काम गर्न अग्रसर हुनु पर्दछ । अन्यथा फेरी जिज्ञासा आउनेछ, यस्ता समग्र स्थानीय अर्थतन्त्रमा समेत प्रभाव पर्ने प्रस्तावका सन्दर्भमा कस्ले वा रोकको छ के ले वा रोकिन्छ के कालागि ?

 

तानसेनको पर्यटन प्रर्वधनका लागि मन्त्रीलाई ध्यानाकर्षण

पदम न्यौपाने

पाल्पा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक हिसावले निकै महत्वपूर्ण जिल्ला हो भन्ने सन्दर्भमा अव व्याख्या गरिरहनु पर्दैन । लुम्विनी प्रदेशको पहाडी जिल्ला पाल्पा एक मात्र त्यस्तो जिल्ला हो जहाँ दर्जनौ सम्पदा र सो संग जोडीएका सांस्कृतिक सम्पदा छन् । उद्यपी पाल्पा विशेषगरी तानसेनले सोही अनुरुपको प्राथमिकता पायन सकिरहेको छैन । यसै सन्दर्भमा हालै भगवती रथयात्राका अवसरमा सहभागि भएका संघिय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीले पाल्पाको विशिष्ट विशेषताका वारेमा मुक्तकण्ठले प्रशसां गरेका कारणले पनि यस आलेखमा मन्त्रीलाइ तत्काल प्राथमिकता प्रदान गर्नकालागि थप ध्यानाकर्षण गराइएकोछ ।

पाल्पा सरोकार समाजका अध्यक्षद्धारा मन्त्री समक्ष पेश गरेको ध्यानाकर्षण पत्र र सो पत्रमा समावेश गरिएका विषयलाइ उठान गरिएकोछ । ध्यानाकर्षणमा भनिएकोछ दर्जनबढी सम्पदा रहेको पाल्पा जिल्ला काठमाण्डौ उपत्यका पछिको धेरै सम्पदा भएको जिल्ला हो । यो जिल्लाको पहिचानका वारेमा धेरै व्याख्या गरिररहन नपर्ला । पाल्पाको पहिचान र सम्भावनाका वारेमा जो कोहीलाइ पनि जानकारी भएकै पक्ष हो । यही पृष्ठभूमिमा पाल्पा केन्द्रित निम्न केही पक्षका वारेमा तत्काल मन्त्रालयको विशेष ध्यान जानुपर्दछ पत्रमा भनीएकोछ । ध्यानाकर्षण पत्रमा पुरातत्व विभाग , पर्यटन वोर्ड र स्वयम मन्त्रालयले विशेष चासो राख्नेवारे अनुरोध गरिएकोछ ।

पुरातत्व विभाग अन्तर्गत पर्ने भगवती मन्दीर पुननिर्माण वा जिणोद्धारकालागि अनुरोध गर्दै भनिएकोछ राष्ट्रियता, स्वाधिनता संग नजिकको सम्वन्ध रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको शक्तिपीठ श्री ७ रणउजीरेश्वरी भगवतीको मन्दीर जीर्ण रहेकोले तत्कालिन कमाण्डर उजीर सिंहद्धारा निर्माण गरिएको तीन तले मन्दीर र मन्दीर परिसरलाइ सोही अनुरुपको निर्माण गर्न सरकारले विशेष पहल र चासो दिइ जिणोद्धारमा यसै वर्षदेखी कार्यप्रारम्भ गर्ने । यसकालागि पुरातत्व विभागद्धारा मन्दीरको डिजाइन र स्टेमेट उपलव्ध गराएको र लागत रु ४ करोड ६ लाख)। लाग्ने देखिन्छ ।

यसैगरी पर्यटन मन्त्रालयले चासो राख्दै आफ्नै अग्रसरता लिनकालागि भनिएकोछ पाल्पा शिक्षाका दृष्टिले निकै सम्भावना बोकेको जिल्ला र पर्यटनकालागि उच्चतम अवसर प्राप्त गरेको जिल्ला पनि हो । पाल्पाको सरेफेरोमा जिल्लाहरुमा बढ्दो पर्यनका अवसर र आकर्षणहरुले सयौं स्तरिय होटलहरु समेतमा लगानी हुदै आएको छ । तर होटलकालागि आवश्यक स्तरिय जनशक्तिको अभाव भने व्यहोरी रहेको गुनासो आइरहेको सन्दर्भमा यसकालागि जनशक्ति उत्पादनकालागि पाल्पामा नाथम NATHM_ –National Academy of Turism and Hotel Management को शाखा स्थापनकालागि गत वर्ष नाथम समक्ष शाखा स्थापनाकालागि नगरपालिकाको सक्रियता र समन्वयमा माग गरिएको भए पनि सो पक्रिया अगाडी बढ्न नसकेकोले सो प्रक्रिया अगाडी बढाइ पाल्पा र त्यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनकालागि अवसर प्रदान गर्न जरुरुी छ । नाथमको शाखा स्थापनाकालागि आवश्यक भौतिक संरचना तानसेन नगरपालिकाद्धारा उपलव्ध गराइ आवश्यक सहयोग गर्न तयार रहेको निर्णय समेत गरी निवेदन पेश गरिसकेको छ ।

यसैगरी तानसेनलाइ हिलस्टेशनको घोषणा र प्रवद्र्धनात्मक सहयोग गर्न अनुरोध गर्दै भनिएकोछ पर्यटनको लागि आवश्यक (प्रकृति, संस्कृति, इतिहास र सम्पदा) भएको जिल्ला पाल्पा(तानसेन) भएकोले विशेष पर्यटकिय आकर्षणको जिल्ला भएकोलेतानसेनलाइ हिलस्टेशनको रुपमा घोषणा गरी सोही अनुरुपको पूर्वाधार विकासमा प्राथमिकता दिनु पर्ने देखिन्छ ।
पर्यटन बोर्डले तानसेनको पर्यटन विकासकालागि निकै लामो समय देखी विभिन्न सहयोग गर्दै आएको भएपनि खासै प्रभावकारी देखिन नसकेका कारण पाल्पाको पर्यटनले अपेक्षित प्रतिफल लिन नसकेको पृष्ठ भूमिमा अव कम्तीमा एउटा क्षेत्रमा ध्यान दिन आग्रह गर्दै टक्सार टोललाइ खुलासंग्रहालयको रुपमा विकास गर्न सहयोग गर्न भनिएकोछ ।

तानसेनको टक्सार टोल इतिहास र संस्कृतिको खुला संग्रहालय हो । नेवार संस्कार, संस्कृति र परम्पराको जिवन्त थलो हो । सेनकालिन समयमा यहीवाट मुद्रा (टक) छापी पाल्पा राज्यको कोष सञ्चालन हुने गरेको इतिहास छ साथै यही थलोवाट हाल सम्मपनि धातुका कला करुवा लगायत अन्य परम्परागत बस्तुहरु समेत उत्पादन हुने गर्दछ । सेनकालिन मुद्रा छाप्ने ढुंगाको साचो समेत यही रहेकोछ । विश्व सम्पदा सूचिमा अभिलेखीकरणको आधार र सम्भावना भएको तानसेन वजारको अति महत्वपूर्ण टोल पनि हो । यसर्थ बोर्डको मार्फत स्थानीय सरकारको समन्वय र सहकार्यमा खुला संग्रहालय घोषणगरी यहांको वस्ती, कला र संस्कृतिको संरक्षणकालागि योजना र कार्यक्रम तय गर्न जरुरुी छ ।

ध्यानाकर्षणमा रानीमहल पाल्पाको विशेष सम्पदाको रुपमा रहेकाले रानीमहल क्षेत्रको विस्तृत परियोजना र गुरु योजना निर्माण गर्दै रानीमहल संरक्षण, प्रवद्र्धनमा विशेष ध्यान दिने कार्यक्रम बनाउनु पर्ने देखिन्छ । यसैगरी श्रीनगर पर्यापर्यटनकालागि अत्यधिक सम्भावना भएकोले तानसेन वजार र श्रीनगरको अन्योन्याश्रीत सम्वन्ध भएको सम्वन्धमा पर्यटकीय आकर्षण रहेको श्रीनगरलाइ पर्यापर्यटनको अवधारणामा पूर्वाधार विकास गर्ने गरी गुरुयोजना निर्माण गर्न स्थानीय सरकारलाइ मद्धत गर्न जरुरी देखिन्छ भनिएकोछ । यसैगरी तानसेन र बटौलीको सम्वन्धका वारेमा समेत उल्लेख गर्दे बटौलीका विशृष सम्पदाहरुको वारेमा समेत चर्चागरिएकोछ । ध्यानाकर्षणमा भनिएकोछ पाल्पाको पर्यटन प्रवद्र्धनमा रुपन्देहीको भूमिका अहम हुने हुनाले लामो इहिास वोकेको पुरानो बटौलीमा रहेका सम्पदाहरुको संरक्षणमा समेत मन्त्रालयको विशेष ध्यानाकर्षण होस भन्ने चाहान्छौं ।

नेपाल अगे्रज युद्धका बखत अग्रेजको २ पटकको आक्रमणलाइ विफल तुल्याएको र राष्टियता र स्वाधिनता स्थापीत गरेको नुवाकोट किल्ला पाल्पाको ऐतिहासिक सम्पदा हो । यही किल्लाको नजिक रहेको हाल बुउपमनपा १ मा पर्ने बटौली वजार, जीतगढी र फूलवारी क्षेत्र र यहाँ रहेका एतिहास र संस्कृतिका सजवन्त सम्पदाहरुको संरक्षण र प्रवद्र्धनकालागि यस क्षेत्रलाइ विशेष सास्कृतिक वा सम्पदायुक्त क्षेत्र घोषणा गरि गुरुयोजना निर्माण गर्ने कार्य अगाडी बढाउन जरुरीछ । यसकालागि बुटवल फूलवारीमा सेन बंशिय दरवार झल्कने नयाँ दरवार निर्माण (पुरानो भग्नावशेष नजिकै)गर्ने , जीतगढीलाइ पुरानो स्वरुपमै कायम गरी त्यहाँ रहेका फलामे संरचनालाइ विस्थापन गरी पुरानै किल्ला स्वरुपमा कायम गरी किल्लाको क्षेत्र कायम गर्ने र बटौली बजार मा रहेका पुराना घरहरु सम्पदायुक्त रहेका, सवा २ सय वर्ष अगाडीको मननारायण मन्दीर पुरातत्व विभागद्धारा पुननिर्माण प्रारम्भ गरेको २ वर्ष विति सक्दापनी निर्माण सम्पन्न नभएको र बेरुप अवस्थामा रहेकोले यस वर्ष सो कार्य सम्पन्न गर्न , यहाँ रहेका पुराना घरहरुको संरक्षण र सम्वद्र्धन गर्न, इतिहास वोकेको निमचोक, यहाँका ढुगेधारा लगायत प्रशस्त सम्पदा र संरचनाहरुको संरक्षण गर्न विशेष सांस्कृतिक क्षेत्र घोषणा गरी इतिहाँस, संस्कृति र सम्पदा पर्यटनको विकास गर्न पहल गर्नुपर्ने आवश्यकता रहेकोले आवश्यक कदमकालागि माननीय मन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गदैछौं ।

शिक्षकहरुका लागि एक दिने कार्यशाला सम्पन्न

गोपाल प्रसाद वश्याल । पाल्पा
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा शिक्षकहरुका लागि एक दिने विद्यार्थी केन्द्रित शिक्षण विधिको कक्षाकोठमा रुपान्तरण विषयक एक दिने कार्यशाला जनता मा. वि. तानसेनमा सम्पन्न भएको छ ।

पाल्पा जिललाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ६० जना शिक्षकहरु सहभागी यस कार्यशालामा क्षत्रीय अंग्रेजी भाषा कार्यालय (रिलो) अमेरिकी दूताबास काठमाडौका प्रमुख रोजर एफ कोहेनले विद्यार्थीहरुको ध्यान केन्द्रित गर्ने तरिका तथा बोलाइ क्षमताको विकास गर्ने क्रियाकलापहरु, रिलो विशेषज्ञ विश्वराज गौतमले बोर्ड खेलहरुको निर्माण, प्रश्न ििनर्माण र खेलको माध्यमबाट अंग्रेजी भाषा शिक्षण सिप विकास र सञ्चार सिप विकास, नेल्टा लुम्बिनी प्रदेश समिति अध्यक्ष गोपालप्रसाद वश्यालले मनोसामाजिक सिकाइ रणनीति, नेल्टा पाल्पाका अध्यक्ष कमल राज वस्यालले पेशागत विकास रणनीतिहरु, नेल्टा पाल्पाका सचिव लोकेन्द्र थापाले अंग्रेजी गल्ती सुधार गर्ने सिप विकास, नेल्टा सदस्यहरु प्रेम कुमारी थापाले अन्तरक्रियात्मक विधिका माध्यमबाट अंग्रेजी ब्याकरण शिक्षण र नेल्टा सदस्य संगिता भट्टराईले पठन सिप विकासमा कार्यशाला प्रस्तुत गर्नुभएको थियो । कार्यशालाका सबै प्रस्तुति अन्तरक्रियात्मक, सहभागितामूलक, र कक्षाकोठामा प्रयोग गर्न सहयोगी भएको सहभागीहरुले बताएका छन् ।

कार्यशालामा रिलो अधिकारीहरुलाई सम्मान गर्नुका साथै एसइइ परीक्षामा निःशुल्क शिक्षण गरेका नेल्टा सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत र सचिव लोकेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियाृ ।

पाल्पामा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

पाल्पामा बालबिवाह न्यूनीकरण कार्य चुनौतीपूर्ण देखिएको छ ।  जिल्लाको दुर्गम गाउँपालिका निस्दीमा आर्थिक वर्ष २०८०/०८१ मा ५३ जोडी बालबालिकाले बिवाह गरेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बताउनुभयो ।  यद्यपी निस्दीमा सचेतना कार्यक्रमको प्रभाव स्वरुप अघिल्लो वर्षको तुलनामा बाल विवाह केही हदसम्म न्यूनीकरण भएको पालिकाले जनाएको छ ।
नेपालको कानुनले १८ वर्ष मुनिको विवाहलाई बालविवाह  र विवाहयोग्य उमेर २० वर्षपछि तोकेको छ । तर बालबालिकाहरुले भने सानै उमेरमा बिवाह गर्ने गरेका छन् । निस्दीलाई २०८३ मा बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गर्ने तयारी गरिएपनि बालविवाह चुतौतीको रुपमा रहेको छ । ५१ वटा सूचकमध्ये शून्य बालविवाह पनि पर्दछ । यसका लागि गाउँपालिकाले बालविवाह अन्त्यका लागि अहिलेसम्म बालविवाह सामुहिक रुपमा बहिस्कार गर्ने निर्णयदेखि बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका विषयमा आधारभूत तथा मावि तहको वक्तृत्वकला प्रतियोगिता, अन्तर महिला समूह स्तरीय तीज गीत प्रतियोगिता, सडक नाटक प्रदर्शन, आधारभूत र माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरुसँग बालविवाह नगर्ने प्रतिबद्धता सहित हस्ताक्षर संकलन, २५ वटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बताउनुभयो ।
१३ प्रतिशत किशोरी आमा 
स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार गर्भवती महिलामध्ये करिव १३ प्रतिशत गर्भवती २० वर्ष भन्दा कमका छन् । तीन आर्थिक वर्षमा कुल १३ हजार ९ सय ९८ गर्भवती महिला मध्ये १ हजार ७ सय ८१ जना २० बर्ष मुनिका अर्थात्  १२ दशमलव ७२ प्रतिशत गर्भवती बालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्थानीय स्तरमा बालविवाह भइरहेपनि उजुरी प्रहरीसम्म भने आउँदैन । यो ३ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय पाल्पामा २ वटा मात्रै बालविवाहका उजुरी परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपि सुगन्ध श्रेष्ठले बताउनुभयो । सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ सरकारले ल्याएको ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ लागू भएको  छ । केन्द्रदेखि स्थानीय तहसम्म बालमैत्री शासनको अवधारणा अघि सारिएको छ ।

शैक्षिक गुणस्तर सुधारको लागि बगनासकालीमा शैक्षिक अन्तरक्रिया सम्पन्न

विष्णुप्रसाद घिमिरे । पाल्पा
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि बगनासकालीमा सरोकारवालाहरुको अन्र्तक्रिया भएको छ । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा गाउँपालिका भित्रका विद्यालयहरु, गाउँपालिकाका जनप्रतिनिधिहरु, शिक्षा शाखा र सरोकारवालाहरु संगको अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै कालिका क्याम्पस बुटवलका क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रयास प्रधानाध्यापकबाट सुरु गर्नुपर्ने बताउनुभयो । कालिका मानवज्ञान मा.वि.को प्रधानाध्यापक हुँदाको स्मरण गर्दै, राम्रो नतिजा दिन नसक्दा कारवाही भोगेको विद्यालयले शिक्षकहरुको मेहनतका कारण देशमै उत्कृष्ठ नतिजा दिएको अनुभव सुनाउनुभयो ।

पाठकले विद्यालय हाम्रो सम्पत्ति हो भन्ने अभिभावकलाई अपनत्व नहुञ्जेल शैक्षिक गुणस्तर सुधार नहुने भन्दै अभिभावकलाई अपनत्व गराउन शिक्षकले वालवालिकाको शैक्षिक गुणस्तरको ग्यारेन्टी लिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले शैक्षिक सुधारको सुरुवात भएको उल्लेख गर्दै, शिक्षक कर्मचारीहरुलाई अभिभावकको मन जित्न अनुरोध गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले शिक्षामा राज्यको लगानी बढिरहेको स्मरण गर्दै, लगानी अनुसारको प्रतिफलका लागि मेहनत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, शिक्षा शाखा प्रमुख गुणाराम खनाल, बगनासकाली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगायतले बगनासकाली भित्रका विद्यालयहरुको अवस्था, शैक्षिक गुणस्तर बृद्धीका लागि भएका पहलहरु, अभिभावक र विद्यार्थी केन्द्रित शैक्षिक योजना निर्माण लगायतका विषयहरुमा छलफल गर्नुभएको थियो ।

बगनासकाली सहकारी, २०७६ सालमा ३ वटा सहकारीहरु एकिकरण पछी बनेको सहकारी हो । वडा नं. ८ बराङ्गदीमा कार्यालय रहेको सहकारीले बचत र ऋणको कारोवारको साथै कृषि तथा पशुपालन, डेरी व्यवस्थापन जस्ता कार्यहरु गर्दै आएको छ । साथै कोभिड जस्ता महामारीहरुमा पनि उलेख्य कार्यहरु गर्दै आएको छ । पछिल्लो समय बगनासकाली गाउँपालिकाको शैक्षिक अवस्था खस्किदै गएको, विद्यालयहरुमा विद्यार्थी संख्या न्यून र सदरमुकाम केन्द्रित हुदै गएको सन्र्दभमा शैक्षिक अन्र्तक्रियाको अभियान गरेको हो ।

समाचार प्रभावः ज्ञानमतिको घरमै पुगेर आँखा जाच्नुका साथै आर्थिक सहयोग

पाल्पा । बगनासकाली–७ खानीगाउँकी ६९ वर्षीया दृष्टिबिहीन ज्ञानमति खाम्चाको पाल्पा समाचार डटकम सहित बिभिन्न संचार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि नेत्र रोग बिशेषज्ञ लगायतको टोली ज्ञानमतिको घरमै पुगेर उहाँको आँखा परीक्षण गरेका छन् ।

पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका अध्यक्ष बुद्धिप्रसाद शर्मा, उपाध्यक्ष भिमसेन कार्की सहित अस्पतालमा कार्यरत नेत्ररोग बिशेषज्ञहरुको टोली मंगलवार ज्ञानमतिको घरमै पुगेर उहाँको आँखाको अवस्थाबारे परीक्षण गरेका हुन् ।
अस्पतालका अध्यक्ष बुद्धिप्रसाद शर्माले ज्ञानमतिको आँखा परीक्षणको क्रममा आँखामा अवस्था जटिल भइसकेको पाइएको बताउनुभयो । “आँखा पुरै सुख्खा भइसकेको पाइएको र यस सम्बन्धी गर्न सकिने उपचारबारे भैरहवा काठ्माणडौका नेत्र रोग बिशेषज्ञहरुबाट जानकारी लिई सोही बमोजिम उपचार प्रवन्ध मिलाउछौ ।” उहाँले भन्नुभयो ।

सोही अवसरमा युएई स्थित नेपालीहरूबाट प्राप्त दशै खर्च रू ७ हजार रुपैयाँ पत्रकार नारायण न्यौपाने, वडाध्यक्ष गण बहादुर बुढाथोकी लगायतले लगायतले ज्ञानमतिलाई हस्तान्तरण गर्नुभयो । बगनासकाली गाउँपालिका–७ खानीगाउँ मैदानबारीकी ६९ वर्षीया ज्ञानमति खाम्चा २० वर्षदेखि दृष्टि बिहीन अवस्थामा रहनुभएको छ । उहाँका पतिको १५ वर्ष अघि निधन भइसकेको छ भने २ छोराहरुको पनि ८ वर्ष अघि निधन भएको थियो । उहाँका २ छोरीहरुको बिहेबारी भई आआफ्नो घरमा रहेका छन् ।

 

बगनासकालीमा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी अन्तिम चरणमा

जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक भत्ता वितरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना योग्य लाभग्राही सूचिकृत भइसकेका छन् । उनीहरूका लागि ३ करोड १४ लाख ८ हजार ९१ रुपैंया निकासा गर्न सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले पालिकाभित्रको सवै वडामा पुगी तयारी पूरा गरेको छ । सामाजिक सुरक्षा शाखा र आर्थिक प्रशासनशाखाको तयारी पूरा भएपछि कोष तथा लेखा लेखा नियन्त्रण कार्यालयबाट सिधै लाभग्राहीको बैंक खातामा रकम जम्मा हुनेछ । दशैं अगाडि नै कार्यालयले आवश्यक प्रक्रिया सम्पन्न हुने गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईका अनुसार बगनासकालीमा ६८ वर्ष माथिका जेष्ठ नागरिक सख्या १ हजार ९ सय ५७ जना, दलित जेष्ठ नागरिक १ सय ४० जना, एकल महिला जेष्ठ नागरिक २ सय ७२ जना, विधवा (आर्थिक सहायता) ४ सय ३५, पूर्ण अपाङ्ग ४७ जना जना, अपाङ्गता ख वर्ग आर्थिक सहायता १ सय ४ जना र दलित बालपोषण १ सय ९२ जना सामाजिक सुरक्षा भत्ताका लागि सूचिकृत भएका छन् । विगतमा भत्ता लिनका लागि वडास्तरमा वितरण गर्ने गरी पालिकाले तयारी थालेको जनाएको छ । नेपाल बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकमा ३ हजार १ सय ७२ लाभग्राही कायम भएकोमा चालु आर्थिक वर्षमा प्रक्रिया अनुसार लगतकट्टा र थपसहित ३ हजार १ सय ४७ लाभग्राही कायम भएका हुन् । आर्थिक वर्ष २०८१/८२ मा ३०८२ जना लाभग्राहीले नविकरण गरेको र ६६ जना नयाँ लाभग्राही थप भएको फिल्ड सहायक प्रेम बहादुर बगालेले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाभरीमा २५ जना लाभग्राही देश बाहिर र सम्पर्कमा नआएकोले नविकरण छुट भएका छन् ।
योसँगै बगनासकाली गाउँपालिकाले ग र घ वर्गका लाभग्राहीको लागि वितरण गरिने निर्वाह भत्ताको नविकरण विवरण संकलन समेत सकिएको जानकारी दिएको छ । गाउँपालिकाभित्रका ग वर्गका पहेंलो कार्डका लागि मासिक ५ सय र घ वर्ग सेतो कार्ड हुने अपागंता भएका लागि मासिक ३ सय निर्वाह भत्ता विरण गर्दै आएको छ । ग र घ वर्गका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले अर्धवार्षिक रूपमा लाभग्राहीको खातामा जम्मा गर्ने जानकारी दिएको छ ।