राजेन्द्र लिगल । पाल्पा
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्था भैरहवाको सहयोग र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको आयोजनामा कर्मचारीका लागि एकदिने अस्पतालको गुणस्तर वृद्धि सम्बन्धी तालिम तानसेनमा सम्पन्न भएको छ ।
तालिममा नेत्र विज्ञान अध्ययन संस्थाका डाक्टर कविन्द्र बज्राचार्य र सस्थाका प्रबन्धक प्रकाश रायमाझीले सहजीकरण गर्नुभएको थियो । अस्पतालको स्तरोन्नति गर्न कर्मचारीहररूको महत्वपूर्ण भूमिका हुने भएकाले बिरामीप्रति राम्रो व्यबहार गर्नुपर्ने डाक्टर बज्राचार्यले बताउनुभयो ।
अस्पतालको ड्युटी इमानदार र कर्तव्यनिस्ठ हुनसके अस्पतालको प्रगतिमा थप बल पुग्ने उहाँले बताउनुभयो ।
अस्पतालमा आएका बिरामीलाई गरिब वा धनी, बजार र गाउँले भनेर नछुटाइ सबैलाई समान व्यबहार गर्नुपर्ने प्रबन्धक रायमाझीले बताउनुभयो । तानसेनमा भएको तालिममा कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर , तिनाउ आँखा उपचार केन्द्र दोभानका गरी ३० जना प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो ।
पाल्पा अस्पतालका सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर सुचेन पुनले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष भीमसेन कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव राजेन्द्र लिगलले संचालन गर्नुभएको थियो ।