पाल्पा । पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको लहर बढेको छ । उक्त पार्टीको जिल्ला स्तरीय नियमित बैठकका अवसरमा १२ जना बढी नेता कार्यकर्ता रास्वपामा प्रवेश गरेको जिल्ला उपसभापति सुमन गैरेले बताउनुभयो । यसअघि बिभिन्न पालिका र वडाहरुमा समेत पार्टी प्रवेश गर्नेहरुको संख्या उत्तिकै रहेको गैरेले बताउनुभयो ।
पार्टीका जिल्ला सभपति बिष्णु प्रसाद भण्डारीको सभापतित्व र जिल्ला सचिव नारायण न्यौपानेको संचालनमा भएको कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ८ र ९ बाट अन्य बिभिन्न पार्टीमा जिम्मेवारीमा रहनुभएका ब्यक्तिहरु समेत रास्वपामा प्रवेश गर्नुभएको गैरले बताउनुभयो ।
तानसेन नगरपालिका वडा नं. ८ बाट नेकपा एमाले पार्टी सदस्य समेत रहनुभएका उमानाथ घिमिरेले देशको निकासका लागि अव रास्वपाको बिकल्प नभएको भन्दै रास्वपा प्रवेश गरेको बताउनुभयो । पार्टी सभापति भण्डारीले पार्टीमा प्रवेश गर्नुभएका ब्यक्तिहरुलाई स्वागत गर्नुभएको थियो । उहाँले मुलुकको समग्र विकास र निकासका लागि अव रास्वपा नै आवश्यक रहेको बताउनुभयो । पाल्पा जिल्ला उपसभापति गैरेले पार्टी प्रति उठेका प्रश्नको जवाफ साथै सहजीकरण गर्नु भएको थियो ।